Play

पोखरालाई अन्तराष्ट्रिय गन्तब्य बनाउन पर्यटन मन्त्रालय र पोखरा महानगरबीच सहकार्य हुने

गुरुकुल खबर


पोखरा, पोखरालाई अन्तर्राष्ट्रिय पर्यटकीय गन्तव्यको रूपमा स्थापित गर्न आबश्यक समन्वय र सहकार्य गर्ने सम्बन्धमा नेपाल सरकारको पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र पोखरा महानगरपालिकाको बिचमा सहमति भएको छ यी दुई निकायबिच आइतबार पोखरामा भएको एक संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेल र पोखरा महानगरपालिकाका प्लेरमुख धनराज आचार्यले दुई निकायबीच पोखराको विकासका लागि सडक सञ्जालको स्तरोन्नति र अन्तर्राष्ट्रिय बजारसम्मको पहुँच विस्तारलाई प्राथमिकता दिने बिषयमा समेत सहमति भएको बताए ।

त्यस अबसरमा बोल्दै मन्त्री पौडेलले पोखरासँग जोडिएका प्रमुख सडकहरूको सुधार गर्दै पर्यटकको आवागमन सहज बनाइने उल्लेख गरे । ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी उपयोगका लागि अन्तर्राष्ट्रिय हवाई सेवा विस्तार आवश्यक छ, यसतर्फ मन्त्रालयले विशेष पहल गरिरहेको छ,’ मन्त्री पौडेलले भने । उनले पर्यटन पूर्वाधार निर्माणमा केन्द्र सरकारले पोखरालाई विशेष महत्त्व दिने प्रतिबद्धता समेत जनाए ।

पोखरा महानगरपालिकाका नगरप्रमुख धनराज आचार्यले महानगरले पर्यटन विकासका लागि विभिन्न दीर्घकालीन योजनाहरू सञ्चालन गरिरहेको जानकारी दिए । विकास साझेदारहरूसँगको सहकार्यमा केही महत्त्वपूर्ण पूर्वाधार निर्माण सम्पन्न भइसकेको र अन्य केही योजनाहरू प्रक्रियामा रहेको उनले बताए । आचार्यले पोखरालाई पर्यटकीय राजधानी घोषणा गरिएपछि पर्यटन क्षेत्रलाई थप सुदृढ बनाउन विभिन्न कार्यक्रम सञ्चालन गरिएको सुनाए ।

नगरप्रमुख आचार्यले पोखरा बसपार्क निर्माण, फिर्के खोला कोरिडोर निर्माण र फेवाताल संरक्षणलाई महानगरले मुख्य प्राथमिकतामा राखेको बताए । प्राकृतिक, सांस्कृतिक र साहसिक पर्यटनको विकासमार्फत पोखरालाई अन्तर्राष्ट्रिय केन्द्र बनाउने लक्ष्यसहित महानगर क्रियाशील रहेको उनले स्पष्ट पारे । पोखरा भ्रमण वर्ष सफलतापूर्वक सम्पन्न भएको जानकारी दिँदै उनले आगामी दिनमा थप प्रवद्र्धनात्मक कार्यक्रम ल्याइने बताए ।

कार्यक्रममा पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौला र पर्यटन विभागका महानिर्देशक रामकृष्ण लामिछानेले पोखराको दिगो पर्यटन विकासका लागि संघ, प्रदेश र स्थानीय तहबिच प्रभावकारी समन्वय हुनुपर्नेमा जोड दिए ।

कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले पर्यटन सुरक्षा र सहज व्यवस्थापनका विषयमा धारणा राखेका थिए । हवाई पहुँच अभिवृद्धि र पूर्वाधार विस्तारका लागि सबै पक्ष जिम्मेवार भएर लाग्नुपर्नेमा सहभागीहरूले जोड दिएका छन् ।

पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्यालले सहजीकरण गरेको उक्त कार्यक्रममा पोखरा महानगरपालिका आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले पोखराको पर्यटन सम्भावना र महानगरले गरिरहेका गतिविधिहरूका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

१८ श्रावण २०८३, सोमबार ००:१३ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा