Play

ध्यान, श्वास र चेतनाको माध्यमबाट रोगको उपचार बिधि ‘क्वान्टम हिलिंग’ बारेमा पोखरामा चर्चा

गुरुकुल खबर


पोखरा, सञ्चारिका समूह नेपाल, गण्डकी प्रदेश समितिले ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय, जरेवर–६ शाखाको सहकार्यमा पोखरामा आयोजना गरेको ‘सञ्चारमा क्वान्टम हिलिङको महत्व’ विषयक एकदिने अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा विभिन्न संचार संस्थामा संलग्न पत्रकार एबम सञ्चारकर्मीहरुसहित अन्यको समेत सहभागिता थियो।

मन, शरीर र ऊर्जालाई जोडेर उपचार गर्ने एक वैकल्पिक विधिको रुपमा क्वान्टम हिलिंगलाई लिईने गरिन्छ।  मानव शरीर र ब्रम्हाण्ड सबै ऊर्जा र “क्वान्टम फिल्ड” बाट बनेको छ भन्ने मान्यता अनुरुप नकारात्मक सोच, तनाव र भावनात्मक घाउले ल्याउने रोगको उपचार ध्यान, श्वास र चेतनाको माध्यमबाट हटाएर आफैंलाई निको पार्ने प्रयासलाई नै क्वान्टम हिलिंगको रुपमा ब्याख्या गरिएको छ ।

औषधीको सट्टा आत्मचेतना, ध्यान र सकारात्मक सोचबाट शारीरिक र मानसिक स्वास्थ्य सुधार गर्ने यो विधि डा. दिपक चोप्राले चर्चामा ल्याएको र यसलाई पूरक थेरापीको रूपमा लिने गरिएको कार्यक्रमका प्रमुख प्रशिक्षक ब्रह्माकुमार विजयराज सिग्देलले बताए।

सञ्चार क्षेत्रमा कार्यरत व्यक्तिहरूले दैनिक रूपमा उच्च कार्यचाप, मानसिक तनाव तथा चुनौतीहरूको सामना गर्नुपर्ने भएकाले मानसिक सन्तुलन, सकारात्मक सोच र ध्यान (मेडिटेसन) लाई जीवनशैलीको हिस्सा बनाउनुपर्नेमा उनले जोड दिए ।

उनले क्वान्टम हिलिङले मानसिक शान्ति, आत्मविश्वास, निर्णय क्षमता र कार्यदक्षता अभिवृद्धि गर्दै जिम्मेवार तथा सकारात्मक सञ्चार प्रवाहमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । तर, यसका लागी तटस्थता, इछ्याशक्ति, गहिरो निद्रा र अरुप्रति कृतज्ञ हुन समेत जरुरी रहेको कुरामा उनले जोड दिए।

ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय, जरेवर–६ शाखाकी सञ्चालिका ब्रह्माकुमारी पुनमले सञ्चारिका समूह गण्डकी प्रदेशसँगको सहकार्यमा पत्रकारहरूका लागि यस्तो कार्यक्रम आयोजना गर्न पाउँदा खुसी लागेको बताइन ।

सञ्चारकर्मीहरू समाज परिवर्तनका संवाहक भएकाले उनीहरूको मानसिक, आत्मिक तथा भावनात्मक स्वास्थ्य सुदृढ हुनु आवश्यक रहेको कारण यस किसिमका कार्यक्रम संचारकर्मीलाई आबश्यक रहेको उनको भनाई थियो ।

सञ्चारिका समुह गण्डकी प्रदेशकी अध्यक्ष राधिका कँडेलले सञ्चार क्षेत्रमा बढ्दो मानसिक दबाबका बीच पत्रकारहरूको मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राख्दै आयोजना गरिएको कार्यक्रम फलदायी भएको बताइन । सञ्चारिका समूहले आगामी दिनमा पनि पत्रकारहरूको क्षमता विकास र मानसिक स्वास्थ्य प्रवद्र्धनका लागि यस्ता रचनात्मक कार्यक्रमलाई निरन्तरता दिने उनको भनाई थियो ।

प्रशिक्षणका क्रममा सहभागीहरूलाई ध्यान अभ्यास गराइएको थियो । कार्यक्रममा सहभागी पत्रकारहरूले यस्ता कार्यक्रमले मानसिक स्वास्थ्य प्रबर्द्दन, तनाव व्यवस्थापन, आत्मिक सशक्तीकरण तथा व्यवसायिक क्षमता अभिवृद्धिमा महत्वपूर्ण सहयोग पुग्ने धारणा व्यक्त गरेका थिए ।

सञ्चारिका समूह नेपाल, गण्डकी प्रदेशका अध्यक्ष राधिका कँडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन उपाध्यक्ष कञ्चन थापाले गरेकी थिईन भने सहभागी पत्रकारहरु कमल पौडेल अथक, जमुना शर्मा, शुरेश रानाभाट, रन्जन अधिकारी क्षत्री लगायतले आआफ्नो अनुभव सुनाएका थिए ।

१७ श्रावण २०८३, आईतवार १२:०३ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा