Play

सुनसरी घटनामा अर्को एक युवकको मृत्यु, दुबै मृतकको शव अस्पतालमा, २५ घाइतेमध्ये थप दुईको अबस्था पनि गम्भीर

गुरुकुल खबर


बिराटनगर, सुनसरी जिल्लाको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा आइतबार राति भएको गोलीकाण्डमा परि मृत्यु हुनेको संख्या दुई पुगेको छ सोहि गोली काण्डमा घाइते भएका अर्का एक युवकको पनि उपचारका क्रममा मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या दुई पुगेको हो ।मोरङ प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रका अनुसार देवानगन्ज–३ का २२ वर्षीय जयप्रकाश मेहताको बिहीबार दिउँसो विराटनगरस्थित न्युरो अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो । चिकित्सकले दिउँसो १ः२४ बजे उनलाई मृत घोषणा गरेका थिए ।

जयप्रकाशको पेटमा गोली लागेको कारण उनको पेट भित्रको आन्द्रा बाहिर निस्किएको थियो । घटनाको भोलिपल्ट सोमबार उनको शल्यक्रिया गरिएको भए पनि अवस्था गम्भीर रहेकाले भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । उपचारका क्रममा स्वास्थ्य अवस्था सुधार हुन नसक्दा उनको मृत्यु भएको र हाल उनको शव न्युरो अस्पतालमै राखिएको प्रहरीले जनाएको छ ।

यसअघि सोही घटनामा गोली लागेर गम्भीर घाइते भएका देवानगन्ज–४ का २५ वर्षीय ओमप्रकाश मेहताको आइतबार राति नै मृत्यु भएको थियो । उपचारका लागि न्युरो अस्पताल पुर्‍याइए लगत्तै राति नै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । उनको शव पनि हालसम्म अस्पतालमै रहेको प्रहरीले जनाएको छ।

कप्तानगन्जमा दुई समुदायबीच उत्पन्न विवाद आइतबार राति हिंसात्मक झडपमा परिणत भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको थियो । घटनामा गोली लागेर १० जना युवा घाइते भएका थिए । तीमध्ये दुई जनाको मृत्यु भइसकेको छ भने अन्य आठ जना विभिन्न अस्पतालमा उपचाररत छन् । घाइतेहरु मध्ये विराट नर्सिङ होममा रहेका देवानगन्ज–३ का २१ वर्षीय रवीन्द्रकुमार मेहता र नोबेल शिक्षण अस्पतालमा रहेका देवानगन्ज–३ का १८ वर्षीय अमित यादवको अवस्था अझै गम्भीर रहेको अस्पताल स्रोतले जनाएको छ । उनीहरु सहित अन्य घाइतेहरुको विराटनगरस्थित न्युरो अस्पताल, विराट नर्सिङ होम र नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

गोलीकाण्डमा सर्वसाधारणसहित सुरक्षाकर्मी गरी २५ भन्दा बढी घाइते भएका थिए । घटनापछि सोमबार र मंगलबार सुनसरीका विभिन्न स्थानमा आगजनी, तोडफोड, लुटपाट तथा व्यक्ति लक्षित आक्रमणका घटना भएका थिए, जसका कारण जिल्लाको सुरक्षा अवस्था थप तनावग्रस्त बनेको थियो ।

स्थिति नियन्त्रणमा लिन स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गर्नुको साथै बुधबारदेखि सुरक्षा निकायको कडा परिचालनपछि अवस्था क्रमशः सामान्य बन्दै गएको सुनसरी प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले दाबी गरेका छन । जिल्लाको सुरक्षा अवस्था सुधारोन्मुख भए पनि सम्भावित अप्रिय घटना रोक्न कर्फ्यु आदेश भने अझै कायम छ।

१४ श्रावण २०८३, बिहीबार १४:११ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा