काठमाडौँ, माछापुच्छ्रे बैंकले सोहि बैंकमा नायब प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत प्रसिद्धराज अर्याललाई वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत पदमा र नायब महाप्रबन्धक पदमा कार्यरत सुभाष जमरकटेललाई नायब प्रमुख कार्यकारी अधिकृत पदमा बढुवा गरेको छ।
अर्यालसँग कर्जा, ट्रेजरी तथा करेसपोन्डेन्ट बैंकिङ, शाखा सञ्चालन र लघुवित्तजस्ता विभिन्न बैंकिङ क्षेत्रमा करिब दुई दशकबढीको अनुभव, ज्ञान तथा उत्कृष्ट नेतृत्व दक्षता रहेको छ । उनले काठमाडौं विश्वविद्यालयबाट व्यापार प्रशासन संकायमा स्नातकोतर गरेका छन अर्याल यसअघि सिभिल बैंक, सनराइज बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकमा समेत विभिन्न पदमा कायर्रत रही बैंकिङ क्षेत्रकै एक अनुभवी बैंकरका रूपमा परिचित छन् ।
यसैगरी जमरकटेल वित्तीय तथा बैंकिङ क्षेत्रमा विशेषज्ञता हासिल गरेका एक दक्ष तथा अनुभवी चार्टर्ड एकाउन्टेन्टका रूपमा परिचित छन् ।उनले इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ इन्डियाबाट चार्टर्ड एकाउन्टेन्सी तथा नेपालको त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन र कानुन विषयमा स्नातक तहको उपाधि हासिल गरेका छन् । साथै, उनले एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी (एआईटी) थाइल्याण्डबाट बैंकिङ तथा फाइनान्स विषयमा प्रोफेसनल मास्टर्स डिग्री समेत हासिल गरेका छन् ।
अर्याल तथा जमरकटेल दुवै आफ्नो बैंकिङ करियरमा उल्लेखनीय व्यावसायिक उपलब्धि हासिल गर्दै बैंकिङ क्षेत्रका सक्षम, अनुभवी तथा सफल बैंकरका रूपमा रूपमा चिनिएको कारण उनीहरुलाई दिइएको जिम्मेवारीले बैंकले थप प्रगती गर्ने बिश्वास बैंकले लिएको छ।















