Play

सुरक्षाको माग गर्दै चिकित्सकहरुद्वारा कास्कीसहित देशभरका सिडिओ कार्यालयमा ज्ञापनपत्र बुझाइयो

गुरुकुल खबर


पोखरा, नेपाल चिकित्सक सङ्घको आह्वानमा आज बुधबार बिभिन्न जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउने कार्यक्रम अन्तर्गत कास्की जिल्ला प्रशासन कार्यालयमा पनि पोखरा क्षेत्रका बिभिन्न अस्पतालमा सेवारत चिकित्सकहरु पुगेर ज्ञापन पत्र बुझाएको छन।

संघको आव्हानमा आज देशभरका सरकारी तथा निजी अस्पतालहरूमा आकस्मिक सेवा बाहेकका अन्य सबै स्वास्थ्य सेवा बन्द गर्ने र देशभरका जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउने कार्यक्रम तय गरिए अनुरुप नै उनीहरुले कास्की जिल्ला प्रशासन कार्यालयमा पुगेर प्रजिअ कुमानसिंह गुरुङलाई ज्ञापन पत्र बुझाएका हुन।

पर्साको वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको साङ्घातिक आक्रमण र अस्पताल परिसरमा गरिएको तोडफोडमा संलग्न दोषीहरूलाई कानुनी कारबाही गर्न सरकार उदासिन बनेको भन्दै सङ्घले देशव्यापी रुपमा आन्दोलनलाई निरन्तरता दिएको हो।

आज मुलुकका सबै जिल्ला प्रशासन कार्यालयमा चिकित्संक संघको आह्वानमा ज्ञापनपत्र बुझाउने पुर्व निर्धारित कार्यक्रम अनुरुप अहिले जिल्ला प्रशासन कार्यालय कास्कीमा पनि ज्ञापनपत्र बुझाउन पोखराका बिभिन्न अस्पतालमा कार्यरत चिकित्सकहरु पुगेको छन। नेपाल चिकित्सक संघका केन्द्रीय सदस्य डा. सुष्मित काफ्लेले अहिले जिल्ला प्रसासन कार्यालयमा ५० भन्दा बढी चिकित्सकहरु पुगेर  ज्ञापनपत्र बुझाएका थिए ।

नेपाल चिकित्सक संघ गण्डकीका अध्यक्ष डा. सुनिल पनेरु, बरिष्ठ उपाध्यक्ष डा. कृष्णचन्द्र रिजाल, उपाध्यक्ष डा. शुशील तिमिल्सिना, सचिब डा. नवराज लम्डारी, गण्डकी प्रदेशका संयोजक डा. यज्ञराज सिग्देलको साथै पोखराका बरिष्ठ चिकित्सकहरु नरेन्द्र बिक्रम गुरुङ, डा. बुद्धिबहादुर थापा, डा. मुकुन्द आचार्य र डा. माधव तिवारी लगायत दर्जनौं चिकित्सकहरु कास्की जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउन पुगेको चिकित्सक संघका केन्द्रीय सदस्य डा. सुष्मित काफ्लेले गुरुकुल खबरलाई जानकारी दिए।

पोखरा क्षेत्रमा रहेका तीनवटा मेडिकल कलेजमा संचालित अस्पताल सहित अन्य सरकारी एबम निजि अस्पतालहरुमा कार्यरत डाक्टरहरुले आकस्मिक सेवा बाहेकका अन्य सेवा बन्द गर्दा उपच्र्को लागि अस्पताल पुगेका बिरामीहरुले समेत समस्या भोग्नु परेको छ। चिकित्सकहरूको यो आन्दोलनका कारण देशभरका अस्पतालहरूमा बहिरङ्ग (ओपीडी), नियमित स्वास्थ्य परीक्षण, शल्यक्रिया र अन्य गैरआकस्मिक सेवाहरू पूर्ण रूपमा ठप्प बनेका छन्। यद्यपि, सर्वसाधारणको जटिल स्वास्थ्य स्थितिलाई ध्यानमा राख्दै अस्पतालहरूमा आकस्मिक (इमर्जेन्सी) सेवा भने सञ्चालनमा राखिएको छ।

१३ श्रावण २०८३, बुधबार ११:३५ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा