Play

पोखराको लेकसाइडस्थित फ्रेस जुस सेन्टरलाई ५० हजार जरिवाना

गुरुकुल खबर


पोखरा, पोखरा महानगरपालिका वडा न. ६ बैदाममा सञ्चालित फ्रेस जुस सेन्टरमा गरिएको अनुगमनपछि  ५० हजार रुपैयाँ जरिवाना गरिएको छ । कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालको नेतृत्वमा पोखरा महानगरपालिका, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय र जिल्ला प्रहरी कार्यालय कास्कीका प्रतिनिधि, सञ्चारकर्मी र राष्ट्रिय उपभोक्ता मञ्च कास्कीका प्रतिनिधिहरुको सहितको टोलीले उक्त जुस सेन्टरमा अनुगमन गरेको थियो

त्यहाँबाट उत्पादित जुस सेवन गरेपछि उपभोक्ता बिरामी भएको गुनासो आएपछि गरिएको अनुगमनका पसलमा अत्यधिक फोहोर र खान नमिल्ने फलफूल प्रयोग भएको फेला परेको भन्दै टोलीले ५० हजार जरिवाना गरेको हो । अनुगमनका क्रममा पसलमा प्रयोग गर्न नमिल्ने अवस्थाका झण्डै १२ केजी फलफूल भेटिएकोले ती सबै अखाद्य फलफूलहरु तत्काल नष्ट गरिदिएको बुझिएको छ।

अनुगमनका क्रममा पसल सञ्चालकले व्यवसायसँग सम्बन्धित कुनै पनि कागजात देखाउन नसकेको, पसलमा सरसफाइको अवस्था निकै दयनीय रहेको कारण उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड गर्ने र मापदण्ड पालना नगर्नेलाई कानुन अनुसार जरिवाना गरिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले गुरुकुल खबरलाई जानकारी दिए ।

१२ श्रावण २०८३, मंगलवार १९:०७ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा