पोखरा, पोखरा महानगरपालिका -२ का वडा सदस्य, संगीत प्रशिक्षण केन्द्रका अध्यक्ष एबम नेपाली काँग्रेसका क्रियाशील युवा गौतम बिजुक्छेलाई पत्निशोक परेको छ ।
नेपाली कांग्रेसकी क्रियाशील सदस्य समेत रहेकी उनकी धर्मपत्नी सिन्धु बिजुक्छेको गत मंगलवार ५६ बर्षको उमेरमा निधन भएको छ ।
उनि केहि बर्षदेखी क्यान्सर रोगबाट पिडित रहेको र नेपाल र भारतका बिभिन्न अस्पतालहरुमा उनको उपचार हुँदै आएको थियो ।
स्व. बिजुक्छेका एक छोरा प्रज्वल स्थानीय प्रतिभा माध्यामिक बिधालयमा अध्ययन गर्दै छन भने दुई छोरीहरु अर्पणा र अनु बिजुक्छे रहेका छन ।















