Play

क्यापिटल रोटरी क्लबमा रमेश बराल नेतृत्वको समितिको पदस्थापन, क्लबलाई अध्यक्ष बरालको दुई लाख सहयोग

गुरुकुल खबर


पोखरा,  रोटरी क्लब अफ पोखरा क्यापिटलको आगामी कार्यकालको लागि निर्बाचित नयाँ कार्यसमितिको पदस्थापन गरिएको छ। क्लबको  तेस्रो पदस्थापन कार्यक्रमको रुपमा आयोजित उक्त कार्यक्रममा रोटरी बर्ष २०२६/२७ को लागि निर्बाचित रमेश बराल अध्यक्ष रहेको नयाँ कार्यसमितिलाई पदस्थापन गरिएको थियो ।

नयाँ समितिको उपाध्यक्षमा देवीलाल भारती, सचिबमा किरण आचार्य, कोषाध्यक्षमा हरीप्रसाद बाँस्तोला, सहसचिबमा गोबिन्द पराजुली, सर्जेन्ट एट आर्म्समा भरतमणी बराल, क्लब लर्निंग फेसिलिटेटरमा तिलक लामिछाने रहेका छन क्लबको निर्देशकहरुमा भिम गौतम, तिलकराम पौडेल, चन्द्रशेखर दास, हरिराज सिग्देल, लेखनाथ सुबेदी र सिमरन हमाल रहेका छन यसैगरी क्लबको एडिटरमा विजय बराल रहेको छन भने निबर्तमान अध्यक्षमा देबिप्रसाद बस्ताकोटी, संस्थापक अध्यक्ष धनबहादुर शाही र प्रेसिडेन्ट एलेक्टमा अनिल  गौतम रहेका छन।

सोही पदस्थापन कार्यक्रममा क्लबका अध्यक्ष रमेश बराल सहित उनका छोरा चार्टर्ड अकाउन्टेन्ट आबिष्कार बराल र सन्देश एबम छोरी आस्था बराल सहित परिवारका तर्फबाट रोटरी क्लब अफ पोखरा क्यापिटललाई दुई लाख रुपैयाँ सहयोग हस्तान्तरण गरिएको थियो।

आगामी दिनमा क्लबले गर्ने सामाजिक तथा मानवीय सेवाका कार्यक्रमहरूलाई थप प्रभावकारी बनाउनको लागि उक्त रकम सहयोग गरेको क्लबका अध्यक्ष समेत रहेका रमेश बरालले गुरुकुल खबरलाई जानकारी दिए । उक्त रकमले क्लबका बिबिध गतिबिधि अगाडी बढाउन  सहयोग पुग्ने विश्वास बरालले व्यक्त गरे।

कार्यक्रममा रोटरी डिष्ट्रिक्ट – ३२९२ का नोमिनी गभर्नर (२०२८–२९) अमित गिरी प्रमुख अतिथि, डिष्ट्रिक्टका इमिडियट पास्ट गभर्नर विनोद कोइराला, क्लब असाइन्ड असिस्टेन्ट गभर्नर देवेन्द्रराज पराजुलीलगायत डिष्ट्रिक्टका विभिन्न पदाधिकारीहरू एबम क्लबका सदस्यहरु सहभागी थिए।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि गिरीले रोटरी विश्वभर मानवीय सेवा, सामाजिक उत्तरदायित्व, नेतृत्व विकास तथा समुदायको दिगो विकासका लागि समर्पित अन्तर्राष्ट्रिय संस्था भएको स्पष्ट पारे। शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, खानेपानी तथा सरसफाइ, युवा विकास र विपद् व्यवस्थापन लगायतका क्षेत्रमा रोटरीले पुर्‍याउँदै आएको योगदानको चर्चा गर्दै समाजमा सकारात्मक परिवर्तन ल्याउन रोटरी क्लबहरूको भूमिका महत्त्वपूर्ण रहेको उनले बताए।

कार्यक्रममा बोल्ने अन्य बक्ताहरुले पनि रोटरी क्लब अफ पोखरा क्यापिटलले छोटो समयमै सामाजिक सेवाका क्षेत्रमा गर्दै महत्वपूर्ण योगदान गरेको भन्दै  नवनिर्वाचित कार्यसमितिको कार्यकालको सफलताको लागि शुभकामना प्रकट गरेका थिए। पदस्थापन कार्यक्रमको सञ्चालन क्लबका सचिव किरण आचार्यले र कार्यक्रमको संयोजन क्लबका प्रथम अध्यक्ष अनिल गौतमले गरेका थिए।

११ श्रावण २०८३, सोमबार १२:२० मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा