Play

पोखराको नयाँगाउँस्थित पुनर्स्थापना केन्द्र ‘आशा भवन’ मा न्युरोड रोटरी क्लबको सहयोग

गुरुकुल खबर


पोखरा, रोटरी क्लब अफ पोखरा न्युरोडले पोखरा महानगरपालिका -१५ नयाँगाउँमा पुनर्स्थापना केन्द्रको रुपमा संचालित ‘आशा भवन’ मा नगद तथा खाधान्न सहयोग गरेको छ।  उक्त पुनर्स्थापना केन्द्रमा लागु औषधको दुर्व्यसनमा फँसेका व्यक्तिहरुलाई दुर्व्यसनबाट मुक्त गर्नको लागि निशुल्क रुपमा आबश्यक सेवा र उपचार दिने गरिएको छ उक्त केन्द्रमा हाल करिब २५ जना रहेको बुझिएको छ ।

न्युरोड रोटरी क्लबले उक्त पुनर्स्थापना केन्द्रमा २८ हजार ३६० रुपैया नगद र करिब १४ हजार रुपैया बराबरको खाधान्न र कपडा सहयोग स्वरूप हस्तान्तरण गरेको क्लबका अध्यक्ष राजकुमार गुरुङले गुरुकुल खबरलाई जानकारी दिए ।

सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै क्लबका संस्थापक अध्यक्ष रबिप्रसाद बरालले बिकृति विसंगती मुक्त समाज बनाउनुपर्ने आबश्यकतामा जोड दिंदै क्लबले मानवीय सहयोगका अतिरिक्त बाताबरण संरक्षणको क्षेत्रमा पनि रचनात्मक काम गर्दै आएको बताए ।

क्लबका अध्यक्ष गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहयोग हस्तान्तरण कार्यक्रमका संयोजक अब्राहम खान र आशा भवन नेपालका निर्देशक जेग्मी शेर्पा लगायतले आआफ्नो भनाई राखेका थिए भने कार्यक्रमको संचालन क्लबका सचिब बर्षाकेशव पराजुलीले गरेको थिए।

११ श्रावण २०८३, सोमबार ०९:३५ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा