Play

न्युरोड रोटरी र क्यापिटल रोटरीद्वारा पोखराको शान्ति माबि परिसरमा वृक्षरोपण एबम गोडमेल

गुरुकुल खबर


पोखरा, रोटरी क्लब अफ पोखरा न्युरोड र रोटरी क्लब अफ पोखरा क्यापिटलले संयुक्त रुपमा पोखरा -१६ जुम्लेटीस्थित श्री शान्ति माध्यमिक विद्यालयको परिसरमा वृक्षरोपण एबम बिरुवाहरुको गोडमेल कार्य सम्पन्न गरेका छन । रोटरी डिस्ट्रिक्ट ३२९२ (नेपाल–भुटान) ले यस बर्ष १ लाख बिरुवा रोप्ने अभियान चलाएको कारण सोहि अभियान अन्तर्गत पोखराका दुईवटा रोटरी क्लबको संयुक्त आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो।

त्यस क्षेत्रको वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा विद्यालय परिसरलाई हराभरा बनाउने लक्ष सहित एक सय भन्दा बढी बिभिन्न जातका बिरुवा रोप्नुका साथैअघिल्लो बर्ष त्यहाँ रोपिएका बिरुवाको गोडमेल तथा स्याहार गरिएको हो। त्यस अबसरमा धुपी, सल्ला, मोरिङ्गा, कटहर, आँप लगायत विभिन्न प्रजातिका बिरुवा रोपिनुको साथै अघिल्लो वर्ष क्लबको सहयोगमा रोपिएका बिरुवाको गोडमेल र सरसफाइ गरिएको थियो।

कार्यक्रममा रोटरी क्लब अफ पोखरा क्यापिटलका अध्यक्ष रमेश बराल र रोटरी क्लब अफ पोखरा न्यू रोडका अध्यक्ष राजकुमार गुरुङको नेतृत्वमा दुवै क्लबका पदाधिकारी तथा सदस्यहरूले सहभागिता  जनाएका थिए। कार्यक्रम असिस्टेन्ट गभर्नर देवेन्द्रराज पराजुलीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो भने डिस्ट्रिक्ट अफिसियल सुभाष सिग्देल लगायत कलाबा अन्य सदस्यहरुको पनि सहभगिता रहेको थियो ।

कार्यक्रमको सञ्चालन रोटरी क्लब अफ पोखरा क्यापिटलका सचिव किरण आचार्यले गरेका थिए भने कार्यक्रमको संयोजन सोही क्लबका उपाध्यक्ष देव भारतीले गरेका थिए । वृक्षरोपण एबम बिरुवाहरुको गोडमेल गर्ने काममा दुवै रोटरी क्लबका सदस्यहरुसहित स्थानीय शान्ति माध्यमिक विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, शिक्षक तथा स्थानीय समुदायका प्रतिनिधिहरूको समेत उल्लेखनीय सहभागिता रहेको रोटरी क्लब अफ न्युरोडका अध्यक्ष राजकुमार गुरुङले गुरुकुल खबरलाई जानकारी दिए ।

उक्त कार्यक्रमबाट विद्यालय परिसर हराभरा बन्नुका साथै विद्यार्थी, विद्यालय, रोटरी क्लब तथा स्थानीय समुदायबीच वातावरण संरक्षणप्रति सहकार्य र जिम्मेवारीको भावना अभिवृद्धि हुने विश्वास व्यक्त गरिएको क्यापिटल रोटरी क्लबका अध्यक्ष रमेश बरालले जानकारी दिए ।

११ श्रावण २०८३, सोमबार ०९:०९ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा