Play

शान्तिको लागि नागरिक समाजको सञ्जाल पोखरामा श्रेष्ठ, नागरिक समाज दलिय प्रभाव मुक्त र निर्भिक बन्नुपर्नेमा जोड

गुरुकुल खबर


पोखरा, शान्तिको लागि नागरिक समाजको सञ्जाल पोखराको अध्यक्षमा अधिबक्ता सोमबहादुर श्रेष्ठलाई चयन गरिएको छ । सञ्जालको हालै सम्पन्न अधिबेशनले कास्की जिल्ला बार एशोसियसनका पूर्व अध्यक्ष समेत रहेका श्रेष्ठ अध्यक्ष रहेको २६ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। कार्यसमितिमा पोखरा क्षेत्रमा क्रियाशील बिभिन्न संघसंस्थाको प्रतिनिधित्व रहेको छ।

अध्यक्षमा चयन भैसकेपछि श्रेष्ठले सञ्जालका सवै गतिबिधि र नागरिक समाजको अभियानलाई व्यवस्थित रुपमा अगाडि बढाउन सचिवालय गठन गर्ने र संजालका कामलाई प्रभावकारी बनाइने बताए  । सञ्चालले देशको राजनीतिक अवस्था, शान्ति प्रक्रिया र संविधानको कार्यान्वयनको सवालमा पोखरामा नियमित रूपमा छलफल तथा अन्तरसंवाद कार्यक्रमहरू गर्दै आएको छ।

सञ्जालको अधिवेशनको क्रममा ‘वर्तमान परिवेशमा नागरिक समाजको भूमिका र दायित्व’ विषयमा अन्तरक्रिया कार्यक्रम गरिएको थियो। कार्यक्रममा बोल्ने नागरिक समाजका अगुवा सहित अन्य बक्ताहरुले वर्तमान राजनीतिक एबम सामाजिक परिस्थिति जटिल बन्दै गएकोले नागरिक समाज कुनै पनि दलीय प्रभाव र हस्तक्षेपबाट मुक्त भई आम नागरिकका मौलिक अधिकार, सामाजिक न्याय तथा दण्डहीनताको अन्त्यका लागि निर्भीक रूपमा उभिनुपर्नेमा जोड दिएका थिए।

अन्तरक्रियामा अधिवक्ता तथा पृथ्वीनारायण क्याम्पसका सहप्राध्यापक सम्राट कुन्जेडाले ‘वर्तमान अवस्थामा नागरिक समाजको भूमिका र दायित्व’ विषयक अवधारणापत्र प्रस्तुत गर्दै मानव अधिकार कुनै कानुनी दस्तावेज र संविधानका पानामा मात्र सीमित नभई आम नागरिकको दैनिक जीवनमा प्रत्यक्ष अनुभूति हुनुपर्ने बताए । उनले राज्यका निकायहरूलाई निरंकुश र स्वेच्छाचारी बन्न नदिन तथा नागरिक अधिकारको पूर्ण ग्यारेन्टी गराउन नागरिक समाजले निरन्तर पहरेदारको भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।

राष्ट्रिय मानव अधिकार आयोग गण्डकी प्रदेशका निर्देशक नीतु गर्तौलाले नागरिक समाज सरकारको स्थायी प्रतिपक्ष भएको बताइन् । उनले भनिन, ‘राजनीतिक तथा नागरिक अधिकारको सवाल उठाउने नागरिक समाज पार्टीको सदस्य बनेर निश्चित राजनीतिक दलको संकुचित दायरामा बस्न हुदैन ।’

उनले मानव अधिकार आयोगको स्थापनामा भूमिका खेलेको नागरिक समाज अफ्ठेरो परिस्थितिमा पर्दा आयोगले सहयोग गर्ने घोषणा गरिन् । नागरिक समाज र आयोग एकअर्काका परिपूरक रहेको बताउँदै मानव अधिकारकर्मीहरूले कुनै राजनीतिक दलको सक्रिय कार्यकर्ता नभई निष्पक्षता, तटस्थता र स्वअनुशासन कायम राख्नुपर्नेमा पनि उनले जोड दिईन ।

गैर सरकारी संस्था महासंघ नेपालका पूर्व केन्द्रीय अध्यक्ष रामप्रसाद सुवेदीले पछिल्लो समयमा मौलिक स्वतन्त्रता हनन भएको बताए । उनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हनन भएको आरोप लगाए । नागरिक समाजले राज्यका निकायसँग साझेदारी र खबरदारी गर्ने जानकारी दिदै उनले साक्षरता घोषणा, विद्यार्थी भर्नामा साझेदारी गरेपनि अनावश्यक शैक्षिक करको बिरोध गर्ने बताए ।

उनले द्वन्द्वकालमा नागरिकको जिउधनको सुरक्षाका लागि स्थापना भएको सञ्जालले सधैँ दलीय पूर्वाग्रहबाट मुक्त रही निष्पक्ष रूपमा नागरिक हितको पक्षमा उभिनुपर्ने खाँचो औंल्याए।

सञ्जालका पूर्व संयोजक रामप्रसाद घिमिरेले मानव अधिकारको सवाललाई सामुहिक र संस्थागत रुपमा उठाउन २०५८ सालमा सञ्जाल गठन भएको जानकारी दिए । उनले संविधान सभाको निर्वाचनले नेपालमा शान्ति स्थापना हुने सञ्जालको मान्यता स्थापित भएको बताए ।

पृथ्वीनाराण क्याम्पसका पूर्व प्रमुख गेहेन्द्रश्वर कोइरालाले नेपालको संविधानले व्यवस्था गरेको मौलिक हक राज्यको दायित्व र नागरिकको अधिकार भएको चर्चा गरे । उनले गणेश नेपालीले आत्मदाह गरेको सवाल मानव अधिकारको विषयमा पर्ने जानकारी दिए ।

कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष जानुका पराजुली, सञ्जालका संयोजक विना सिलवाल, पूर्व संयोजक विष्णुप्रसाद बराल, गैर सरकारी संस्था महासंघ नेपाल कास्कीका अध्यक्ष इन्दिरा पौडेल, चिल्ड्रेन नेपालका अधिकृत रमेश सुवेदी, जनआन्दोलन शहिद परिवार तथा घाइते समन्वय समिति कास्कीका अध्यक्ष शेखर गौतम, महिला मानव अधिकार रक्षक सञ्जाल कास्कीका अध्यक्ष केशु भुजेल लगायतले बोलेका थिए ।

१० श्रावण २०८३, आईतवार १०:५७ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा