Play

गण्डकीमा राइड सेयरिङ नियमावली शुरु : सवारी सेवा नेपाललाई इजाजत, अन्य कम्पनि इजाजतको प्रक्रियामा

गुरुकुल खबर


पोखरा, गण्डकी प्रदेश सरकारले बिरोधका बाबजुद जारी गरेको राइड सेयरिङ (नियमन र व्यवस्थापन) नियमावली २०८२ को कार्यान्वयन शुरु गरेको छ । नियमावली जारी भएको करिब साढे दुई महिनापछि यसलाई कार्यान्वनमा लैजान भैरहेका पहलबारेमा जानकारी दिंदै यातायात ब्यबस्था कार्यालयले राइड सेयरिङ कम्पनीको विधिवत दर्ता शुरु भएको स्पष्ट पारेको छ। गण्डकी प्रदेशले देशमै पहिलोपटक राइड सेयरिङ र सेल्फ ड्राइभ सेवालाई वैधानिकता दिएपछि राइड सेयरिङ कम्पनी दर्ता हुन थालेको कार्यालयले जनाएको छ ।

लामो समय दर्ता नगरिकन चलिरहेका २ पांग्रे र ४ पांग्रे सवारीसाधनलाई नियमन गर्न र यात्रुलाई सुविधा दिन प्रदेश सरकारले कानुन बनाएर आवश्यक प्रक्रिया अघि बढाएको हो । ‘प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन २०७६,’ ‘गण्डकी प्रदेश राइड सेयरिङ नियमावली २०८२’ र ‘गण्डकी प्रदेश आर्थिक ऐन २०८३’ बमोजिम राइड सेयरिङलाई नियमन गर्न लागिएको यातायात ब्यबस्था कार्यालयले जनाएको छ ।

उक्त कार्यालयमा हालसम्म ५ वटा कम्पनी सजिलो नेपाल प्रालि, सवारी सेवा नेपाल, इकोमो नेपाल, जेम्स ग्रीन इलेक्ट्रो मोबिलिटी सर्भिस र मुभ इन नेपाल प्रालिले दर्ताका लागि निवेदन दिएकोमा सवारी सेवा नेपाल’ले सञ्चालन अनुमति (इजाजत) समेत प्राप्त गरेको छ । उक्त कम्पनीले २० वटा स्कुटरबाट सेवा दिने गरी सवारी सेवा नेपालले दर्ता गराएको हो ।

यातायात व्यवस्था कार्यालय (सवारी) कास्कीका प्रमुख ढाकाप्रसाद शर्माका अनुसार अन्य कम्पनीहरू पनि दर्ता प्रक्रियामा छन् । उनले केही कम्पनीले अनलाइन एप तयार गरिरहेको र केहीले थप कागजातहरू संकलन गरिरहेकको भएपनि वैधानिक रूपमा दर्ता प्रक्रियामा सामेल भैनसकेको बताए । गण्डकी प्रदेश सरकारले साउन १५ भित्र दर्ता हुन यस्ता कम्पनीहरूलाई सूचना जारी गरिसकेको छ । ‘नियमावलीको व्यवस्था अनुसार गण्डकी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय पोखराबाट असार १८ गते राइड सेयरिङ सेवा दर्ता सम्बन्धमा ३० दिने सूचना प्रकाशन गरिएको छ,’ उनले भने, ‘इजाजत नलिई सेवा सञ्चालन गरेका सेवा प्रदायक संस्था, कम्पनी, व्याक्ति तथा प्लेटफर्महरुले साउन १५ भित्र यातायात व्यवस्था कार्यालयबाट इजाजत लिनुपर्ने छ, इजाजत नलिए कानुन बमोजिम कारवाही हुने व्यवस्था गरिएको छ ।’

बिनाइजाजत सेवा चलाएमा १ लाख रुपैयाँ जरिवाना र सोही काम दोहोर्‍याए दोब्बर जरिवाना लाग्ने प्रमुख शर्मा बताए । सवारी साधनको ‘सेवा प्रयोजन’ थप नगरी सेवा सञ्चालन गरेमा २ पांग्रेलाई ५ हजार र चार पांग्रेलाई १० हजार रुपैयाँ जरिवाना लाग्ने प्रमुख शर्माले जानकारी दिए । त्यसपछि पनि अटेर गरेमा सेवा नै बन्द हुने व्यवस्था छ । हाल पञ्जीकृत कम्पनीलाई मात्र साउन १५ सम्मको समय सिमा तोकिएको हो, नयाँ कम्पनीका हकमा यो लागु नहुने उनको भनाइ छ ।

अहिले सञ्चालनमा रहेका तर तोकिएका समय सीमासम्म इजाजतका लागि कार्यालयमा सम्पर्कमा नआएमा कारबाहीमा पर्ने प्रमुख शर्माको भनाइ छ । अहिले सञ्चालनमा रहेका पठाओ, इन्ड्राइभ जस्ता राइड सेयरिङ कम्पनीहरु प्रक्रियामा नआएको उनले जानकारी दिए । प्रति सवारी साधन दर्ता शुल्क २ पांग्रेको हकमा २ हजार ५ सय र ४ पांग्रेको हकमा १० हजार रुपैयाँ कायम गरिएको छ । तर, पुराना ट्याक्सीका रूपमा सञ्चालित सार्वजनिक सवारी साधनलाई दर्ता शुल्कमा ५० प्रतिशत छुट दिइने व्यवस्था गरिएको र यो रकम वर्षेनी बुझाउनुपर्ने ब्यबस्था रहेको शर्माले बताए ।

राइड सेयरिङ वा सेल्फ ड्राइभ सेवा सञ्चालन गर्न चाहने संस्था वा कम्पनीले तोकिएका कागजातसहित निवेदन दिई आवश्यक प्रविधि (एप) तयार गर्नुपर्नेछ । कम्पनी दर्ताका लागि आर्थिक ऐन बमोजिम अनुमति शुल्क तोकिएको छ । २ पांग्रेका लागि २५ हजार र ४ पांग्रेका लागि ५० हजार रुपैयाँ शुल्क तोकिएको छ । दुवै सेवा (२ र ४ पांग्रे) का लागि ७० हजार रुपैयाँ तोकिएको छ । इजाजत लिने कम्पनीसँग कम्तीमा २० वटा सवारीसाधन हुनुपर्नेछ । नयाँ कम्पनीका हकमा २ पांग्रे सवारी साधनको संख्यामा सीमा तोकिएको छैन, तर ४ पांग्रे सवारीका हकमा प्रति कम्पनी अधिकतम ३ सय वटा मात्र दर्ता गर्न पाइनेछ । तर पुराना ट्याक्सीहरू राइड सेयरिङ एपमा आबद्ध हुन चाहे यो सीमा लागु हुने छैन ।

यसैबीच गण्डकी प्रदेश सरकारले राइड सेयरिङ सेवाको भाडादर पनि तोकेको छ । चारपांग्रे सवारी साधन प्रयोग गर्दा अब सेवाग्राहीले सुरुमै ६० रुपैयाँ बुझाउनुपर्ने हुन्छ यात्रा जतिसुकै छोटो भए पनि सुरुववातको २ किलोमिटर सम्मको न्यूनतम भाडा १५७ रुपैयाँ लाग्नेछ । त्यसभन्दा बढी दूरीका लागि प्रति किलोमिटर ४८ रुपैयाँ ५० पैसा भाडा तोकिएको छ । दुईपांग्रे सवारी (मोटरसाइकल र स्कुटर) को हकमा सुरुवातको भाडा ४६ रुपैयाँ ८५ रुपैयाँ कायम गरिएको छ । त्यसपछि प्रति किलोमिटर १६ रुपैयाँ ८५ पैसाका दरले भाडा तिर्नुपर्नेछ । पेट्रोलियम पदार्थबाट चल्ने सवारीले तोकिएको भाडादरमा १० प्रतिशत र विद्युतीय सवारीले १५ प्रतिशत छुट दिनुपर्ने ब्यबस्था समेत नियमावलीमा गरिएको छ ।

९ श्रावण २०८३, शनिबार २१:५४ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा