पोखरा, पोखरामा रहेर लामो समय पत्रकारितामा संलग्न पोखरा -२५ हेमजा निवासी प्रकाशचन्द्र सापकोटालाई मातृशोक परेको छ । उनकी आमा हरिकला सापकोटाको ७८ वर्षको उमेरमा शुक्रबार साँझ आफ्नै निवास हेमजामा निधन भएको छ ।
उनि केहि समयदेखि ब्रेन ट्यूमर सम्बन्धि समस्याका कारण गम्भीर बिरामी परेपछि पोखरा र काठमाडौँकाविभिन्न अस्पतालामा उपचार हुँदै आएको थियो । पछिल्लो पटक उनि काठमाडौंस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा डा. वसन्त पन्तको निगरानीमा उपचार गराएर केहि समयदेखि आफ्नै निवासमा आराम गरिरहेको अबस्थामा निधन भएको कास्की कांग्रेसका सहसचिब नबिन सिग्देलले गुरुकुल खबरलाई जानकारी दिए ।
स्व. सापकोटाको शनिबार बिहान ८ः ३० बजे पोखरा–२५, हेमजाको आदर्शमणि टोलस्थित निवासबाट शवयात्रासहित मर्दी र सेती नदीको दोभान दोबिल्लामा अन्त्येष्टि गरिने परिवारजनले जनाएको छ ।
स्व. हरिकलाका एक छोरा प्रकाशचन्द्र सापकोटा, ३ छोरीहरु रहेका छन् । छोरीहरुमा लक्ष्मी भण्डारी, राधिका अधिकारी र मधु पौडेल हुन् । उनका श्रीमान देवीलाल सापकोटा भने पहिले नै निधन भएको थियो।
पोखरामा पत्रकारिता गर्दैआएका प्रकाशचन्द्र सापकोटा पछिल्लो समय काँग्रेसको राजनीतिमा पनि क्रियाशील छन् । उनि नेपाली काँग्रेस कास्की क्षेत्र नम्बर ३ (क) का सचिव तथा नेपाल प्रेस युनियन कास्कीका निवर्तमान उपाध्यक्ष पनि हुन ।















