Play

कांग्रेसको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक उधोग बाणिज्य संघको केन्द्रीय अध्यक्षमा पोखराका कर्माचार्य

गुरुकुल खबर


पोखरा, पोखरामा रहेर लामो समयदेखि उधोग बाणिज्य क्षेत्रमा क्रियाशील चन्द्रकृष्ण कर्माचार्यलाई नेपाली कांग्रेसले आंफ्नो शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक उधोग बाणिज्य संघको केन्द्रीय अध्यक्षमा मनोनित गरेको छ। उनि यस अगाडी नेपाली काँग्रेस गण्डकी प्रदेश अन्तर्गत बनाइएको नेपाल लोकतान्त्रिक उधोग बाणिज्य संघ गण्डकी प्रदेशको तदर्थ समितिको अध्यक्ष थिए।

संघको प्रदेश समितिको अध्यक्ष रहेकै समयमा उनि समेतका ब्यबसायीहरुले नेपाल लोकतान्त्रिक उधोग बाणिज्य संघलाई नेपाली काँग्रेसको शुभेच्छुक संस्थाको मान्यता दिन पार्टीको केन्द्रीय समितिमा केहि बर्ष अगाडी निबेदन दिएका थिए । सोहि अनुरुप गत २०७९ साउन ४ गते तत्कालिन सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको पार्टीको केन्द्रीय समितिको बैठकले पार्टी बिधान अनुरुप उक्त संस्थालाई पार्टीको शुभेच्छुक संस्थाको रुपमा मान्यता दिने निर्णय गरेको थियो।

पार्टीले शुभेच्छुक संस्थाको रुपमा मान्यता दिएको ४ बर्षपछि नेपाली काँग्रेसका बर्तमान सभापति गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिले कर्माचार्यलाई संघको केन्द्रीय अध्यक्षको जिम्मेवारी दिएको छ। पार्टीका महामन्त्री गुरुराज घिमिरिले यहि साउन ८ गते शुक्रबार हस्ताक्षर गरेर कर्माचार्यलाई पठाएको पत्रमा ‘तपाइंले दिएको निवेदनको आधारमा २०७९ साउन ४ गते बसेको नेपाली काँग्रेस केन्द्रीय कार्य समितिको बैठकले नेपाल लोकतान्त्रिक उधोग बाणिज्य संघलाई पार्टीको शुभेच्छुक संस्थाको मान्यता प्रदान गरेको र उक्त संघको केन्द्रीय अध्यक्षमा तपाइंलाई मनोनयन गरिएको’ उल्लेख छ।

पत्रमा पार्टीको बिधान तथा नियमावलीको ब्यबस्था र केन्द्रीय कार्यसमितिको निर्णय र निर्देशन बमोजिम कार्य गर्न निर्देशन समेत दिईएको छ।

कर्माचार्य निजि क्षेत्रको साझा र छाता संस्थाको रुपमा रहेको नेपाल उधोग बाणिज्य महासंघको कार्यसमितिमा समेत रहेर काम गरिसकेको छन। उनि पोखरा महानगर अन्तर्गत लेखनाथ क्षेत्रका उधोगी ब्यबसायीहरुद्वारा स्थापन गरिएको लेखनाथ उधोग बाणिज्य संघका संस्थापक अध्यक्ष पनि हुन यसका साथै पोखराको ब्यबसायिक घराना कर्माचार्य हाउसका अध्यक्ष समेत हुन। कर्माचार्य ग्रुप अन्तर्गत तेल, चामल, चकलेट, बिस्कुट, चिउरा लगायतका खाधबस्तुको उत्पादन गर्ने एबम अन्य उधोगहरु समेत संचालनमा रहेका छन।

८ श्रावण २०८३, शुक्रबार १६:१० मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा