Play

इन्जिनियर्स दिवस मनाउन पोखरामा ५ किमिको म्याराथन, पुरुषतर्फ कुशल र महिला तर्फ सुदिच्छा प्रथम

विद्यार्थी पुरुषतर्फ प्रितम पुन र महिला तर्फ एन्जिला प्रथम


गुरुकुल खबर


पोखरा, नेपाल इन्जिनियर्स एसोसिएसन, गण्डकी प्रदेशले ६४ औँ इन्जिनियर्स दिवस–२०८३ को अवसरमा पोखरामा आयोजना गरेको ‘रन फर हेल्थ विथ इन्जिनियर्स -२०८३’ अन्तर्गतको ५ किलोमिटर म्याराथन दौडमा पुरुषतर्फ ई. साजन श्रेष्ठले २२ मिनेटमा निर्धारित दूरी पूरा गरेर प्रथम भएका छन भने २३ मिनेटमा उक्त दुरी पुरा गरेर ई. सन्तोष भण्डारीले दोस्रो र ई. आकाश थापाले तेस्रो स्थान प्राप्त गरेका छन। यसैगरी महिला इन्जिनियरहरु तर्फको प्रतियोगितामा ई. सुदिच्छा राणा प्रथम, ई. टीका चौधरी दोस्रो तथा ई. यमुना केसीले तेस्रो स्थान प्राप्त गरेका छन।

दौडमा सहभागी विद्यार्थी पुरुषतर्फ प्रितम पुनले उत्कृष्ट प्रदर्शन गर्दै १७ मिनेट ५३ सेकेन्डमा पूरा गरेर प्रथम, कुशल गुरुङ २१ मिनेट ०५ सेकेन्डमा दौड पुरा गरेर दोस्रो तथा भूपेश चन्दले २२ मिनेटमा दौड पूरा गरेर तेश्रो भएका छन। विद्यार्थी महिलातर्फ एन्जिला गुरुङ प्रथम, सुजाता पौडेल दोस्रो तथा गायत्री पन्त तेस्रो भएका छन । प्रतियोगितामा प्रथम हुनेलाई मेडल, प्रमाणपत्र र ५ हजार, द्वितीय हुनेलाई मेडल, प्रमाणपत्र र ३ हजार तथा तृतीय हुनेलाई मेडल, प्रमाणपत्र र २ हजार प्रदान गरिनेछ।

प्रतियोगितामा दुई सय बढी धावकको सहभागिता रहेकोमा ६६ जना विद्यार्थी र ६६ जना इन्जिनियरले ५ किलोमिटरको दुरी सफलतापूर्वक पार गरेका थिए । विद्यार्थीतर्फ सफलतापूर्वक दौड पूरा गर्नेमा ६१ जना छात्र र ५ जना छात्रा रहेका छन् भने इन्जिनियरतर्फ ६३ जना पुरुष र ३ जना महिलाले दौड पुरा गरेको प्रतियोगिता कार्यक्रमका संयोजक समेत रहेका ई. महेन्द्र पौडेलले गुरुकुल खबरलाई जानकारी दिए । जेष्ठ इन्जिनियर तर्फ ई. आनन्द सापकोटाले ५ किलोमिटर दौड पूरा गरेको उनले बताए ।

कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस पोखरा -६ का सभापति सन्तोष पौडेल रहेका थिए भने कार्यक्रमको अध्यक्षता नेपाल इन्जिनियर्स एसोसिएसन, गण्डकी प्रदेशका सभापति ई. सन्तोष जिसीले गरेका थिए ।

कार्यक्रममा पोखरा महानगरपालिकाका सिनियर डिभिजन इन्जिनियर सुरेन्द्र पाण्डे, सिनियर इन्जिनियर सुरेन्द्र पौडेल, नेपाल रेडक्रस सोसाइटी कास्कीका कोषाध्यक्ष कालिदास सापकोटा, नेपाल इन्जिनियर्स एसोसिएसन, गण्डकी प्रदेशका सचिव ई. निरज लामिछाने, सदस्यहरू ई. मनोज गिरी, ई. संजयराज तिम्सिना, ई. सुमन शर्मा तथा सीडेन गण्डकी प्रदेशका सदस्य ई. सन्देश मरासिनी लगायत सहभागी थिए।

विद्यार्थीतर्फका विजेताहरूलाई पुरस्कार तथा प्रमाणपत्र आजको कार्यक्रममै वितरण गरिएको थियो। इन्जिनियरतर्फका विजेता तथा जेष्ठ इन्जिनियर सम्मानको पुरस्कार भने २०८३ साउन ९ गते शनिबार हुने ६४औँ इन्जिनियर्स दिवसको समापन समारोहमा वितरण गरिने आयोजकले जनाएको छ।

८ श्रावण २०८३, शुक्रबार १५:४१ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा