Play

बालश्रम न्युनिकरणमा पोखरा उबासंघ प्रतिबद्द रहने संघका अध्यक्ष कार्कीको भनाई

गुरुकुल खबर


पोखरा, पोखरा उद्योग वाणिज्य संघअन्तर्गत रहेको सामाजिक विकास केन्द्रबाट संचालित बालश्रम न्यूनीकरण, सामुदायिक विकास र जीविकोपार्जन तथा शिक्षा परियोजनाहरूको सामाजिक परीक्षण हालै सम्पन्न  हयेको छ। पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीको अध्यक्षतामा भएको सामाजिक परीक्षण कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालको प्रमुख आतिथ्यतामा भएको थियों ।

कार्यक्रममा श्रम तथा रोजगार कार्यालय पोखराका प्रमुख चण्डिका पौडेल, गैरसरकारी संस्था महासंघ गण्डकी प्रदेशका अध्यक्ष पदमराज पहारी, पोखरा महानगरपालिकाका बाल कल्याण अधिकारी बेलकुमारी गुरुङ, राष्ट्रिय बाल अधिकार परिषद्प्रदेश समन्वय अधिकृत बद्रिप्रसाद वाग्ले, प्रहरी निरिक्षक शिशिर भट्टराई, बिन्ध्यवासिनी माविका प्राचार्य वसन्तराज पाण्डे, किडासाका वित्त नियन्त्रक वसन्तराज पराजुली र रमेश बास्तोला, इन्सेक गण्डकीका संयोजक गणेश भण्डारी, समृद्धि सप्लायर्सका ध्रुव पोखरेल, पत्रकार श्याम कुँवर, सामाजिक विकास केन्द्रका लेखा तथा प्रशासन प्रमुख सरिता ताम्राकार, परियोजनाका कर्मचारीलगायतको सरोकारवाला, अधिकारकर्मिको सहभगिता रहेको थियो ।

कार्यक्रममा संचारकर्मी तथा सामाजिक परीक्षक दीपेन्द्र श्रेष्ठले संचालित पोखरा उधोग बाणिज्य संघद्वारा संचालित परियोजनाहरुको परीक्षण नतिजा प्रस्तुत गर्दै बालश्रममुक्त पोखराकालागि रणनीतिक मार्गचित्र निर्माण गर्ने, पोखरालाई दीर्घकालीन रूपमा बालश्रममुक्त सहर बनाउन स्पष्ट रणनीतिक मार्गचित्र, नीतिगत ढाँचा तथा कार्ययोजना निर्माण गर्न आवश्यक रहेको बताए । श्रेष्ठले तयार गरेको प्रतिबेदन संघका अध्यक्ष गोकर्ण कार्कीलाई शुक्रबार हस्तान्तरण गरेको संघका महासचिब शोभा गौतमले जानकारी दिईन ।

संघका अध्यक्ष कार्कीले प्राप्त सुझावलाई कार्यान्वयनमा लैजाने तथा बालश्रमजस्तो निकृष्ट विषयलाई न्युन गर्नको लागि संघको तर्फबाट कुनै कसर बाँकी नराखिने प्रतिवद्धता व्यक्त गरेका थिए ।

३२ असार २०८३, बिहीबार १७:४१ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा