काठमाडौं, मुलकको बिभिन्न स्थनमा संचालनमा रहेका सातवटा विश्वविद्यालयका नवनियुक्त उपकुलपतिहरुले शुक्रबार शपथ लिएका छन्। बिभिन्न बिश्वबिधालयका कुलपति समेत रहेका प्रधानमन्त्री बालेन शाहले शुक्रबार दिउँसो सातवटा विश्वविद्यालयमा उपकुलपति नियुक्त गरे लगत्तै नेपाल सरकारका शिक्षामन्त्री सस्मित पोखरेलले उनीहरूलाई शपथ खुवाएका हुन् ।
उपकुलपतिमा नियुक्ति पाउनेहरुमा त्रिभुवन विश्वविद्यालयमा डा. भोला थापा, सुदूरपश्चिम विश्वविद्यालयमा किसनदत्त भट्ट, मध्यपश्चिम विश्वविद्यालयमा राजन सुवाल, कृषि तथा वन विश्वविद्यालयमा ऋषिराम कट्टेल, राजर्षी जनक विश्वविद्यालयमा श्यामनारायण लाभ, पोखरा विश्वविद्यालयमा देवेन्द्र अधिकारी र पूर्वाञ्चल विश्वविद्यालयमा सुजन बाबु मरहट्टा रहेका छन् ।
उपकुलपति छनोटका लागि शिक्षामन्त्री सस्मित पोखरेलको संयोजकत्वमा सिफारिस समिति बनेको थियो । सोहि समितिको सिफारिसका आधारमा कुलपति समेत रहेका प्रधानमन्त्री शाहले शुक्रबार उनीहरुलाई उपकुलपति नियुक्त गरेका हुन् ।
















