Play

राधाकृष्ण मन्दिर शान्ति आश्रमको २९ औं वार्षिक साधारणसभा

गुरुकुल खबर


पोखरा,  पोखरा महानगरपालिका वडा नं ३२ लामेआहालस्थित राधाकृष्ण मन्दिर शान्ति आश्रमको २९ औं वार्षिक साधारणसभा एक कार्यक्रमका बीच आज सम्पन्न भएको छ । साधारणसभाको ब्राम्हण समाज नेपालका केन्द्रीय अध्यक्ष प्रा.डा.नारायणप्रसाद अधिकारीले गर्नुभयो ।

कार्यक्रममा उहाँले यस स्थललाई पूर्वीय दर्शनको अध्ययन अध्यापन गराउने स्थलका रुपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो । शान्ति आश्रमसँगै यहाँस्थित राधाकृष्ण मन्दिर र गुरुकुललाई एकसाथ अघि बढाउनुपर्ने बताउँदै उहाँले यसका लागि सबैको साथ र सहयोग आवश्यक भएको बताउनुभयो ।

पोखरा महानगरपालिका वडा नं ३२ का वडा अध्यक्ष अक्कलबहादुर कार्कीले मन्दिर, आश्रम र गुरुकुललाई एक आपसमा समन्वय गर्दै अघि बढाउनुपर्ने बताउनुभयो । गुरुकुलमा विद्यार्थी सङ्ख्या कम हुँदा रकम तथा सहयोग माग्न पनि समस्या हुने गरेको उल्लेख गर्दै उहाँले समय समपेक्ष रुपमा शैक्षिक गुणस्तरीयता अभिबृद्धि गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।

लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेयले गुरुकुल, मन्दिर र आश्रम एकअर्काका परिपुरक भएको बताउँदै यी तीनवटै संस्थाको विकास गर्नुपर्ने बताउनुभयो ।

राधाकृष्ण मन्दिरमा विशिष्ट योगदान गरेको भन्दै मन्दिर व्यवस्थापन समितिका पूर्व सदस्य दिव्यरमण अर्याल, पूर्व सह अध्यष कृष्णप्रसाद अधिकारी र पोखरा–२५ स्थायी बसोवास भई हाल राधाकृष्ण मन्दिरमा बसोवास गर्दै आउनुभएकी धर्मदाशी अधिकारीलाई सम्मान गरिएको थियो ।

राधाकृष्ण मन्दिर शान्ति आश्रम सञ्चालन समितिका सह अध्यक्ष गणेशबहादुर केसीको अध्यता एवम् सचिव घनश्याम खनालले सञ्चालन गर्नुभएको कार्याक्रममा समितिका उपाध्यक्ष मिलाकुमारी थापाले स्वागत गर्नुभएको थियो ।

कार्यक्रममा नेपाल भारत मैत्री संघका सल्लाहकार हरिराम पौडेल, रासस गण्डकी प्रदेश प्रमुख वासुदेव पौडेल, राधाकृष्ण संस्कृत गुरुकुल विद्यालयका अध्यष हरिभक्त सिग्देल, उज्वल आमा समूहका अध्यक्ष पवित्रा अधिकारी, समितिका कोषाध्यष पूर्णराज बोहोरा, दिव्यरमण अर्याल, रामचन्द्र थापा, धर्मराज भण्डारी लगायतले बोल्नुभएको थियो ।

 

१ फाल्गुन २०७८, आईतवार १९:०५ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा