Play

पोखराको सृजनाचोकमा दुर्घटना: नेविसंघका नेता राजिब बाँस्तोलाको मृत्यु, कांग्रेस नेता खिमलाललाई पुत्रशोक

गुरुकुल खबर


पोखरा, नेपाल बिधार्थी संघका पुर्व केन्द्रीय सदस्य राजिब बांस्तोलाको सवारी दुर्घटनामा परि निधन भएको छ। आइतबार दिउँसो करिब साढे पांच बजेको समयमा पोखराको मुख्य बजारक्षेत्र सृजनाचोक र सभागृहचोकको बिचमा भएको दुर्घटनामा परि उनको मृत्यु भएको हो। उनि नेपाली काँग्रेसको बिधार्थी संगठन नेपाल बिधार्थी संघमा लामो समय सक्रिय रहँदै यस अगाडी नेविसंघको केन्द्रीय सदस्यको जिम्मेवारीमा समेत थिए।

आइतबार दिउँसो कास्की जिल्ला सहकारी संघमा आयोजित तालिम कार्यक्रममा सहभागी भएर फर्किने क्रममा पोखरा -८ सृजनाचोक नजिक बा. प्र. ०३- ००१ -क १६५० नम्बरको रेडी मिक्स्चर (ब्लकर) ले साँझ साढे पांच बजेतिर ठक्कर दिएर उक्त दुर्घटना भएको थियो। उक्त गाडीले सडकमा एकै दिशामा गैरहेको मोटरसाइकललाई पछाडीबाट ठक्कर दिएको कारण सडकमा लडेका बाँस्तोलालाई केहि मिनेटमा नै  नजिकैको मेट्रोसिटि अस्पताल लागिएको भएपनि डाक्टरले मृत घोषणा गरेका थिए।

मेट्रोसिटि अस्पतालका मेडिकल अफिसर युजल सुबेदीले गुरुकुल खबरसंग कुरा गर्दै बाँस्तोलालाई अस्पताल ल्याउँदा नै उनको निधन भैसकेको कारण उनको स्वास्थ्य जांचसमेत हुन नपाएको बताए । कृतिम श्वास समेत दिएर केहि प्रयास गरेको भएपनि सार्थक नभएको बताउंदै डा. सुबेदीले दुर्घटनामा परेका बाँस्तोलाको टाउकोमा गम्भीर भित्रिचोट (हेड इन्जुरी) लागेको हुन सक्ने र सोहि कारण उनको तत्काल निधन भएको हुनसक्ने बताए।

बास्तोलाको शव पोस्टमार्टमको लागि पोखराको मणिपाल अस्पतालमा लागिएको छ। सोमबार बिहान पोस्टमार्टम गरेपछि उनको अन्त्येष्टि गरिने भएको बताइएको छ। कास्की जिल्ला ट्राफिक कार्यालयका अनुसार दुर्घटनामा परेका मोटरसाइकल र गाडी दुबैलाई वडा प्रहरी कार्यालयको नियन्त्रणमा राखिएको र गाडी चालक मकवानपुर जिल्ला हेटौंडा घर भएका ४० बर्षका राजन अधिकारीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

बाँस्तोला दुर्घटनामा परेको खबर सार्बजनिक भएपछि नेपाली काँग्रेसका नेताहरु सहित बिभिन्न भातृसंस्थाका नेता कार्यकर्ताहरुको सृजनाचोक स्थित मेट्रो अस्पताल परिसार्मा उल्लेखनीय उपस्थिति देखिन्थ्यो। मृतक राजिबका बुवा एब कांग्रेस नेता खिमलाल बाँस्तोला र उनको परिवारका सदस्यहरु भावविह्वल बन्दै परिवारको सदस्य गुमेकोमा रुवाबासीमा थिए भने नेपाली काँग्रेस र बिभिन्न भातृसंस्थाका नेता कार्यकर्ता सहित नेकपा एमाले लगायतका दलका नेता कार्यकर्ताहरु समेत अस्पताल परिसर पुगेका थिए।

३२ बर्षीय राजिब बाँस्तोला नेपाली काँग्रेस गण्डकी प्रदेशका आमन्त्रित सदस्य एबम कास्की क्षेत्र न. ३ का नेता खिमलाल बाँस्तोलाका एकमात्र छोरा हुन। खिमलालका अन्य दुई छोरीहरु रहेको र उनीहरु बिबाहित भएपनि राजिब बाँस्तोला भने अबिबाहित नै थिए। नेपाली काँग्रेस पोखरा -१९ का सभापति विष्णुप्रसाद बाँस्तोलाका अनुसार नेपाली काँग्रेसमा निरन्तर सक्रिय बाँस्तोलाको निधनले नेपाली काँग्रेसलाई समेत अपुरणीय क्षती पुगेको छ।

नेपाली कांग्रेस नेता समेत रहेका बुवा खिमलाल बाँस्तोला र आमाको साथमा नेविसंघका नेता राजिब बाँस्तोला..

३१ जेष्ठ २०८३, आईतवार २२:०० मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा