Play

लाखौं रुपैयाँ नगद र ठुलो परिमाणको लागु औषधसहित पोखराको बिभिन्न स्थानबाट २० जना पक्राउ

गुरुकुल खबर


पोखरा, कास्की प्रहरीले गत बैशाख महिनामा ठुलो परिणाममा लागु औषध र लाखौ रुपैयाँ नगदसहित २० जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्की तथा लागू औषध नियन्त्रण व्यूरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरी टोलीले पोखराको बिभिन्न स्थानबाट २ जना महिला र १८ जना पुरुष गरि २० जनालाई पक्राउ गरेको छ । बैशाख महिनामा लागु औषध सम्बन्धमा १४ वटा मुद्धा दर्ता भएको प्रहरीले जनाएको छ।

कास्की प्रहरीले दिएको जानकारी अनुसार त्यस अबधिमा गाँजा ८ केजी, डाईजापाम ६८ एम्पुल, फेनेरागन ९३ एम्पुल, ब्रुफिननर्फिन ८० एम्पुल. नाइट्रोभ्याट ३० चक्की, ट्रामाडोल ३९ हजार ८९८ चक्की सहित अन्य बिभिन्न किसिमको लागु औषध बरामद भएको प्रहरीले जनाएको छ। प्रहरीले पोखरा-५ पस्याङबाट २९ वर्षका मनिष शाही ठकुरीलाई ३८ हजार ३४० चक्की टापेन्टाडोल र १ लाख ८९ हजार ५०० रुपैयाँ नगद सहित नियन्त्रणमा लिएको छ ।

यहि जेठ ३ गते पोखरा महानगरपालिका वडा नं. ५ धारापानी मार्ग स्थित लागू औषधको बिक्री बितरण गर्ने गरेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले प्रस्यांग बस्ने ठकुरीको कोठा खानतलासी गर्दा कार्टुनमा लुकाई छिपाई राखेको ३८ हजार ३४० चक्की लागू औषध र एक लाख उनानब्बे हजार पाँच सय रुपैया नगद समेत बरामद भएको र अनुसन्धान प्रक्रिया अगाडी बढेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार केही दिनदेखी पोखराको लेकसाईड क्षेत्रमा भारतिय नागरिकहरुको आगमन बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालयले  अनुगमन र निगरानी बढाउने निर्देशन दिए अनुरुप गत बैशाख ३० गते दिउँसो २ बजे पोखरा -७ शहिदचोकस्थित हुलाक कार्यालय अगाडी भारतीय मुलका एकजना शंकास्पद व्यक्तिलाई ठुलो परिणाममा लागुऔषधसहित ७ लाख ४० हजार रुपैयाँ बरमाद गरेको बुझिएको छ।

पक्राउ परेका शंकास्पद व्यक्तिले हुलाकका कर्मचारीलाई नेदरल्याण्डबाट चिठ्ठी आएको भनी सोधपुछ गरिरहेको फेलापारेपछि हुलाक कार्यालयमा बुझ्दा Hotel Gokyo Lake 5th Ammat street Lakeside 06 Pokhara Pin code 33700 Country Nepal ठेगाना लेखेको भेटिएको थियो । त्यसपछि हुलाक निर्देशनालयबाट Hotel Gokyo Lake लाई जानकारी गराउँदा उक्त चिठ्ठी आफ्नो नभएको बताएपछि उक्त सामान सहितको चिठ्ठी शंकास्पद लागि सोही हुलाक कार्यालयका कर्मचारी, स्थानिय जनप्रतिनिधि तथा स्थानिय व्यक्तिहरुको रोहबरमा खोलेर हेर्दा लागू औषध LSD (Lysergic acid diethylamide) स्टिकर जस्तो देखिने एक हजार पत्ता भेटिएको थियो।

त्यसपछि निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान गर्दै जाँदा एक हप्ता अगाडी पोखरा आई पोखरा १८ सेदी स्थित HOLY BASIL GUEST
HOUSE मा बसेको खुलेपश्चात उक्त कोठामा गई खानतलासी गर्दा नेपाली नगद ७ लाख ४० हजार रुपैया र एक थान मोवाईल समेत बरामद भएको हुँदा निजलाई पक्राउ गरीएको प्रहरीले जनाएको छ ।

यसैगरी लागुऔषध कारोबारमा संलग्न रहेको अभियोगमा प्रहरीले रौतहट घर भई पोखरा-२९ तालचोक बस्ने २२ वर्षकी रुबिना खातुनलाई ३१ ग्राम भन्दा बढी खैरो हिरोइन र ११ लाख ४८ हजार रुपैयाँ नगदसहित पक्राउ गरिएको छ । ‘विशेष सूचनाको आधारमा उनको कोठा खानतलासी गर्दा प्लाष्टिकको कचौरामा लुकाइराखेको अवस्थामा लागुऔषध र ठुलो रकम फेला परेको हो,’ प्रहरीले भनेको छ । उनलाई कास्की जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

२९ जेष्ठ २०८३, शुक्रबार ००:२१ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा