Play

सुनका गहना लुट्ने उद्देश्यका साथ पर्वतमा एक महिलाको हत्या: कुशल पुरी र रमेशकुमार श्रेष्ठ पक्राउ

गुरुकुल खबर


कुश्मा, पर्वत जिल्लाको फलेवास नगरपालिका-५ खानीगाउँ बस्ने ५२ बर्षीय सन्तु नेपाली भनिने सोम कुमारी नेपालीको हत्या गरेको आरोपमा प्रहरीले २८ वर्षका कुशल पुरी सहित दुईजनालाई पक्राउ गरि सार्बजनिक गरेको छ ।  सन्तु नेपालीको हत्या गरी सुनका गहना लुटेको अभियोगमा पुरीलाई मोदी गाउँपालिका – २ पातिचौरस्थित होटल प्रिन्साबाट पक्राउ गरिएको थियो। सोहि अभियोगमा रास्वपाका नेता समेत रहेका कुश्माको स्मृति गहना उद्योगका सञ्चालक रमेशकुमार श्रेष्ठ पनि पक्राउ परेका छन ।

हाल प्रहरी नियन्त्रणमा रहेका पुरीले सन्तुको हत्या गरी सुनका गहना लुटेको स्वीकार गरेका छन् । मृतक नेपालीका छिमेकी र आर्थिक कारोबार भैरहने गरेका पुरीले प्रहरीसमक्ष हत्या गरेको स्वीकार गर्दै बह्नेका छन ‘सन्तु नेपालीलाई मैले मारेको हुँ,’ उनले हत्यामा प्रयोग गरेको कोदालो मृतककै घरमा लुकाएको अवस्थामा बरामद भएको छ ।

घटना विवरण अनुसार यहि जेठ ७ गते राति ९ बजेतिर कुशल पुरी सन्तु नेपालीको कोठामा पुगेको र राति ११ बजेसमा सँगै बसेर रक्सी, चुरोट र मासु खाएका थिए । त्यसपछि पुरी आफ्नो घर फर्किएका थिए । तर मध्यरातमा उनको मन बदलियो । मृतकले लगाएका सुनका गहना लुट्ने योजना बनाएर उनी राति २ बजे पुनः सन्तुको कोठामा पुगे ।

उनि सन्तुको घरमा जाँदा घरबाटै श्रीमतीको नक्कली सुनको सिक्री पनि साथमा लिएर गएका थिए । सन्तु निदाएको मौका छोपेर उनले कोदालोको पछाडिको भागले टाउकोमा प्रहार गरे । सन्तुको मृत्यु भएपछि उनले कानमा लगाएका ८ वटा सुनका मुन्द्रा र घाँटीको सिक्री लुटे । ती गहनाको सट्टा उनले आफूले लगेको नक्कली सुनको सिक्री र नक्कली १० वटा मुन्द्रा मृतकलाई लगाइदिएको प्रहरीले बताएको छ।

अभियुक्त पुरीले ति महिलाको हत्या गर्ने क्रममा कोठामा रहेको १ लिटरको जर्किनमा भएको मोबिल भुइँमा र बिस्तारामा छरेका थिए । त्यस पछि ग्यास चुलो समेत बालेका उनले कोठामा अन्डाको क्यारेट बालेर धुवाँ फैलाएका थिए । उनले कोठाको ढोका भित्रबाट चुकुल लगाएर झ्यालबाट बाहिर निस्केको अनुसन्धानका क्रममा खुलेको बताइएको छ।

जेठ ७ गते रातिको उक्त घटनापछि भोलिपल्ट जेठ ८ गते बिहान करिब ८ बजे सन्तु कोठाभित्रमृत अवस्थामा फेला परेकी थिइन् । प्रहरीले खानतलासी गर्दा पुरीको साथबाट ८ वटा सुनका मुन्द्रा बरामद गरेको छ । उनले लुटेका गहनामध्ये एउटा सिक्री र २ वटा मुन्द्रा कुश्माको स्मृति गहना उद्योगमा बेचेका थिए । प्रहरीले उक्त उद्योगका सञ्चालक रमेशकुमार श्रेष्ठलाई पनि पक्राउ गरेको छ । श्रेष्ठको पसलबाट १ थान सिक्री र २ थान मुन्द्रा बरामद भएको छ । श्रेष्ठ राष्टिय स्वतन्त्र पार्टीको पर्वत जिल्लाका नेता समेत हुन।

अहिले दुवै अभियुक्तमाथि पर्वत जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेकोम्व प्रहरीले जनाएको छ । घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय पर्वत र गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराको प्राविधिक टोली अनुसन्धानमा खटिएको थियो । प्रहरी निरीक्षक राजनकुमार पटेलका अनुसार आधुनिक र वैज्ञानिक विधि प्रयोग गरेर अभियुक्तलाई नियन्त्रणमा लिइएको हो । ‘हामीले सूक्ष्म अनुसन्धान र प्राविधिक सहयोगका आधारमा अभियुक्तको पहिचान गरेका हौं,’ उनले पत्रकारहरु संग भने ।

२७ जेष्ठ २०८३, बुधबार २३:२१ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा