Play

फेवातालमा सर्फेसबोट र प्याडलबोटमा घुम्दा फँसेका १२ जनाको शसस्त्र प्रहरी बलद्वारा उद्द्वार

गुरुकुल खबर


पोखरा, पोखराको फेवातालमा डुंगा शयर गर्नेहरुको आकर्षण यो समयमा धेरै हुने गर्छ, गर्मीको मौसममा तालमा खेल्न अनि ताल वरपरको हरियाली दृश्य हेर्नका लागि डुंगा शयर गर्नेहरु प्रशस्त छन।  यसबाहेक फेवातालमा सर्फेस बोट र प्याडल बोट लगायतका बिभिन्न किसिमका डुंगाहरु थपिएको र तिनमा चढेर आनन्द लिन पाइने भएकोले पनि स्थानीय एबम बाह्य पर्यटकहरु तालमा डुंगा लिएर घुम्ने गरेका छन।

डुंगा लिएर घुम्नको लागि यो उपयुक्त मौसम भएपनि पोखरा र फेवाताल क्षेत्रमा दिउँसो अचानक आउने हावाहुरीका कारण तालमा डुंगा लिएर घुम्ने जो सुकै पनि प्रभावित र पिडित बन्ने गरेको छन।  कहिले काही दुर्घटनमा परेर ज्यान समेत जाने गरेको छ यसैक्रममा हिजो शनिबार पनि फेवातालमा डुंगा शयर गर्दै गरेका १२ जना हावा हुरीका कारण तालको बिचमा अलपत्र परेपछि शसस्त्र प्रहरी बलले उद्द्वार गरेको छ।

अपरान्ह करिब साढे चारबजेको समयमा फेवातालमा अचानक ठुलो हावाहुरी आएपछि पोखरा र बहिरबता पोखरा अनि फेवातालमा डुंगामा  घुम्न गएकाहरु अलपत्र परेका थिए।  उनीहरुलाई शसस्त्र प्रहरीले उद्द्वार गरेको हो । प्रहरीले उद्द्वार गरेकाहरुमा तनहुँको दमौलि घर भएका २३ बर्षीय सुदिप वस्नेत, काठमाण्डौबाट घुम्न आएका बर्ष २४ का सरोज सिम्खडा, बर्ष १७ का आयुष चौलागाई, बर्ष २१ का सागर क्षेत्री, बर्ष १९ का विनिता श्रेष्ठ, बर्ष २६ का रुसाल चौधरी रहेका छन।

यसैगरी, पोखरा -५ प्रस्यांग घर भएकी ब२३ बर्षीय झरना गुरुङ्ग, १२ बर्षीय क्रिस श्रेष्ठ, १६ बर्षीय सुदिक्षा पौडेल, १६ बर्षीय ढकाल, १५ बर्षीय प्रितम नेपाली र जापानबाट घुम्न आएकी बर्ष ४८ बर्षीय एसेकिशीसहित १२ जना रहेको प्रहरीले जनाएको छ उनीहरु तालको बीचमा सर्फेस बोट र प्याडल बोटमा अलपत्र परेर फसेका थिए।

उक्त घटनाको जानकारी पाए लगत्तै सशस्त्र प्रहरी बल नेपाल नं. २४ गण हे.क्वा. कालिका, कास्कीबाट फेवा रेस्क्यू टावरमा खटिएका १० जनाको विशेष टोली तत्काल परिचालन गरिएको थियो। उद्धार टोलीले कडा परिश्रमका साथ तालमा फसेका एक जापानिज नागरिक सहित १२ जनालाई जनालाई सकुशल उद्धार गरेको र हाल उनीहरूको अवस्था सामान्य रहेको बताइएको छ।

२४ जेष्ठ २०८३, आईतवार १६:३४ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा