Play

अन्नपुर्ण म्याराथनको उपाधि: पुरुषतर्फ दलबहादुर र महिलातर्फ मन्जु १ लाख ५० हजार सहित सम्मानित

पुरुषतर्फको बिजेता दलबहादुर र महिला तर्फका बिजेता तिन जना नै जुम्लाका


गुरुकुल खबर


पोखरा, अन्नपूर्ण आरोहण दिवस अर्थात जुन ३ को सन्दर्भ पारेर कास्कीको अन्नपुर्ण गाउँपालिकामा प्रत्येक बर्ष हुँदैआएको अन्नपूर्ण म्याराथनको छैटौं संस्करणको उपाधिमा यस बर्ष जुम्लाका धावकहरुले वर्चस्व कायम गर्न सफल भएका छन । अन्नपूर्ण सेन्चुरी पर्यटन समिति घान्द्रुकले आयोजना गर्दै आएको अन्नपूर्ण म्याराथन प्रतियोगिता ‘सबै मौसमका लागि पर्यटन’ भन्ने नाराका साथ हुँदै आएको छ

यस पटक बुधबार भएको प्रतियोगितामा पुरुषतर्फ दलबहादुर कुँवर र महिलातर्फ मञ्जु रावतले उपाधि जिते । पुरुषतर्फका विजेता जुम्लाका दलबहादुरले ४ घण्टा ४ मिनेट ११ सेकेन्डमा निर्धारित दूरी पार गरेका थिए । उनी अघिल्लो संस्करणमा तेस्रो भएका थिए । नेपाली सेनाका तिलकबहादुर सुनुवार ४ घण्टा १० मिनेट ८ सेकेन्डमा दूरी पार गर्दै दोस्रो भए । अघिल्लो वर्षका विजेता सुनुवारले यस पटक आफ्नो समय १४ मिनेटले सुधारे पनि उपाधि जोगाउन सकेनन् । घान्द्रुकका स्थानीय सचिन गुरुङ ४ घण्टा ४९ मिनेट १२ सेकेन्डसहित तेस्रो स्थानमा रहे । उनी रोधीं क्लब घान्द्रुकका सदस्य पनि हुन् । ६ वर्षदेखिको निरन्तर मेहनतले यस पटक तेस्रो हुन सफल भएको उनले बताए ।

महिलातर्फ जुम्लाकै धावकहरुको दबदबा रह्यो । मञ्जु रावतले ६ घण्टा १४ मिनेट १९ सेकेन्डमा दौड पूरा गरी पहिलो स्थान हासिल गरिन् । ६ घण्टा ५६ मिनेट २५ सेकेन्डमा दूरी पार गरेकी राज्यलक्ष्मी रावल दोस्रो भइन् । त्यस्तै ७ घण्टा ५६ सेकेन्डमा दौड सिध्याएकी कल्पना बुढाले तेस्रो स्थान पाइन् । उनीहरु तीनै जना जुम्लाका खेलाडी हुन् ।

६ जना विदेशीसहित ५१ जना धावकले म्याराथनमा प्रतिस्पर्धा गरेको आयोजक अन्नपूर्ण सेन्चुरी पर्यटन समितिका अध्यक्ष ललित गुरुङले गुरुकुल खबरलाई जानकारी दिए उनका अनुसार विश्वकै १० उत्कृष्ट पदयात्रामार्ग मध्येको एक अन्नपूर्ण क्षेत्रमा भएको यो प्रतियोगिताले विश्वव्यापी रुपमा यस क्षेत्रको बारेमा सकारात्मक सन्देश दिने विश्वास आयोजकले राखेका छन।

अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीले बुधबार बिहान ७ बजे अन्नपूर्ण आधार शिविरबाट म्याराथनको सुरुवात गरेका थिए । धावकहरुले अन्नपुर्ण आधार शिविरबाट माछापुच्छ्रे बेस क्याम्प, देउराली, हिमालय, दोभान, बेम्बो, सिनुवा, छोम्रोङ, चुइले र किम्रोङ खोला हुँदै घान्द्रुक पुगेर दौड पूरा गरेको सचिव मिकास गुरुङले जानकारी दिए ।

म्याराथन प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमशः १ लाख ५० हजार, १ लाख र ७५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरियो । गाउँपालिका अध्यक्ष विष्णु केसी, पूर्वअध्यक्ष युवराज कुँवर र समितिका अध्यक्ष ललित गुरुङले विजेतालाई पुरस्कारर प्रमाणपत्र वितरण गरेका थिए ।

२० जेष्ठ २०८३, बुधबार २१:२३ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा