Play

स्याडंजा कांग्रेसका निष्ठावान नेता नन्दलालको निधन

गुरुकुल खबर


पोखरा ,स्याडंजाको फेदीखोला गाउंपालिका तल्लो कुडुलेका राजनीतिक एवं शैक्षिक र सामाजिक व्यक्तित्व नन्दलाल सुबेदीको ९६ वर्षको उमेरमा बुधवार निधन भएको छ । पछिल्लो समय पोखरामा नै बसोबास गर्दै आएका सुबेदी आफ्नो जीवनभर नेपाली कांग्रेस र प्रजातन्त्र प्रति समर्पित रहेका थिए ।

२००७ साल देखि नै नेपाली कांग्रेसको पक्षमा क्रियाशील सुबेदीले २०१७ सालमा नेपाली कांग्रेसका संस्थापक नेता विश्वेश्वर प्रसाद कोईरालाबाट पार्टीको सदस्यता लिएका थिए ।

प्रजातन्त्र र स्यतन्त्रताका लागि जस्तो सुकै त्याग पनि गर्न तयार रहने सुबेदीले राजनीति मार्फत कुनै पद र प्रतिष्ठाको अपेक्षा नगरेको भएपनि प्रजातन्त्र पुनर्स्थापना भएपछि एक पटक गाउंवाशीको आग्रहमा नेपाली कांग्रेसको तर्फबाट वडाध्यक्षको उमेदवार बनेका थिए ।

ज्योतिष शास्त्र बुझेको र पंडितको रुपमा काम गरेकोले सुबेदीलाई पंडितको रुपमा पनि धेरैले चिन्ने गरेको छन् । सुबेदीले स्याडंजाको विभिन्न ठाउंमा व्यापार व्यवसाय र ठेक्का पट्टा गर्नुका साथै विभिन्न शैक्षिक संस्थाको विकासमा महत्वपुर्ण योगदान गरेको बताईन्छ ।

सुबेदीको निष्ठा , त्याग र प्रजातन्त्र एवं नेपाली कांग्रेस प्रतिको समर्पण भावको मुल्याकन गर्दै गत वर्षको फागुन ७ गते उनलाई नेपाली कांग्रेस फेदीखोला गाउं पालिका समितिले सम्मान गरेको थियो ।

सुबेदीको निधन पछि अन्तिम श्रद्दान्जली अर्पण गर्न ठुलो संख्यामा नेपाली कांग्रेस लगायत विभिन्न राजनीतिक पार्टिका नेता र कार्यकर्ताहरु रामघाट पुगेका थिए । सुबेदीको शवमा नेपाली कांग्रेस स्यांजाका सभापति एवं संविधान सभा सदस्य राजु थापा, नेपाली कांग्रेस स्यांजाका नेताहरु तारापति शर्मा सुबेदी र नारायण पौडेल, नेपाली कांग्रेस पोखराका नेता गंगाधर पराजुली, नेपाल किसान संघ कास्कीका सभापति भेषराज पराजुली, नेपाली कांग्रेस फेदीखोला गाउं पालिकाका सभापति महेन्द्र थापा लगायतले कांगेसको चार तारे झण्डा अर्पण गरेका थिए ।

स्व सुबेदी नेपाल सरकारका वर्तमान गृहमन्त्री एवं नेपाली कांग्रेसका नेता बालकृष्ण खांडलाई गायत्री मन्त्र सुनाउने गुरु समेत हुन । स्व सुवेदीकी धर्मपत्नी देवकी, ध्रुव सुबेदी , कुल प्रसाद सुबेदी , भीम सुबेदी , संकर सुबेदी र गंगाधर सुबेदी सहित ५ छोराहरु , ६ छोरीहरु र ७२ जना नाति नातिनी रहेका छन ।

२८ माघ २०७८, शुक्रबार २२:१३ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा