Play

सामाजिक उत्तरदायित्व र आचारसंहिताको बारेमा डिजिटल कन्टेन्ट क्रियटरले ख्याल गर्नुपर्नेमा जोड

गुरुकुल खबर


पोखरा, नेपाली सिनेमा र डिजिटल कन्टेन्ट क्रियटरहरू एकअर्काका परिपूरक रहेको र उनीहरूबीचको सहकार्यले नेपाली मनोरञ्जन क्षेत्रलाई अझै उचाइमा पुर्याउन सक्ने मात्र नभएर कन्टेन्ट क्रियटरहरूले सामाजिक र राजनीतिक क्षेत्रमा दिने धारणाले समाजमा प्रभाव पार्ने कुरामा जोड दिईएको छ । कन्टेन्ट क्रियटर हरूले सामाजिक उत्तरदायित्व र आचारसंहिताका बारेमा ख्याल गर्नुपर्नेमा समेत सरोकारवालाले चासो व्यक्त गरेका छन । कन्टेन्टको तयारी बिगतमा पनि हुने गरेको भएपनि पछिल्लो समय कन्टेन्ट भन्ने बित्तिकै सामाजिक संजालको कुरा बुझ्न थालिएको कतिपयको  भनाई छ ।

चलचित्र पत्रकार संघ नेपाल कास्कीले कास्कीको ल्वाङ गाउँमा आयोजना गरेको सिनेमा संवादमा ‘कन्टेन्ट क्रियटर भर्सेस नेपाली सिनेमा’ विषयमा गरिएको सम्बादमा कन्टेन्ट क्रियटर इस्टु कार्की र महेश भण्डारी यस किसिमका बिषय चर्चामा आएका हुन चलचित्र पत्रकार सन्ध्या थापाले सहजीकरण गरेको छलफलको सुरुमै इस्टु कार्कीले सिनेमा र सामाजिक सञ्जालमा देखिने सामग्री (कन्टेन्ट) लाई फरक रुपमा हेर्न नहुने तर्क गरिन् ।

उनले भनीन्, ‘मुभी पनि आफैँमा एउटा कन्टेन्ट नै हो, यो अलि लामो हुन्छ भने अहिले हामीले सोसल मिडियामा देख्ने रिल्स्हरू छोटा हुन्छन् । कन्टेन्ट क्रिएसनले गाउँका प्रतिभा र पर्यटनलाई विकास गर्न ठूलो अवसर दिएको छ।’ कार्कीले भनीन्, ‘कि संघर्ष गरिरहेका थिएटर कलाकारहरूलाई यो क्षेत्रले स्वतन्त्र र आत्मविश्वासी बनाउन मद्दत गरेको छ ।’

अर्का वक्ता महेश भण्डारीले कन्टेन्ट क्रिएसन सामाजिक सञ्जाल आउनुभन्दा पहिलेदेखि नै समाजमा अस्तित्वमा रहेको बताए । ‘जुन कुरा बिक्न सक्छ, सेयर हुन सक्छ र जसमा मनोरञ्जन वा सन्देश हुन्छ, त्यो नै कन्टेन्ट हो,’ भण्डारीले भने । उनले कन्टेन्ट क्रियटर आफैँमा लगानीकर्ता, लेखक र निर्देशक समेत हुने हुँदा यसको जिम्मेवारी ठूलो हुने उल्लेख गरे । उनले पूर्वराजा ज्ञानेन्द्र शाह वा राजनीतिज्ञ केपी शर्मा ओलीका कतिपय भिडियोहरू जनतासँग जोडिने भएकाले नै भाइरल हुने गरेको उदाहरण दिए ।

पछिल्लो समय कन्टेन्ट क्रियटरहरूलाई सिनेमामा लिने लहर चलिरहेको सन्दर्भमा इस्टु कार्कीले आफू पैसाका लागि मात्र फिल्म नगर्ने स्पष्ट पारिन् । उनले आफ्नो अडान राख्दै भनीन्, ‘मेरो लागि मुभी एउटा सपना र प्यासन हो । म फिल्ममा यस्तो पात्र निभाउन चाहन्छु जसले समाजमा केही परिवर्तन ल्याउन सकोस् र मेरो अभिनय यात्रामा प्रभाव छोडोस्। अनुभवका लागि मात्र वा पैसाका लागि मात्र म जस्तो पायो त्यस्तो फिल्म खेल्दिनँ ।’ कार्कीले सामाजिक सञ्जालमा सफल हुन नियमित पोष्ट गर्नुभन्दा पनि गुणस्तरीय सामग्री हुनुपर्नेमा जोड दिइन् ।

यता महेश भण्डारीले भने कलाकारितामा प्यासनसँगै पैसा पनि महत्वपूर्ण हुने यथार्थलाई स्वीकार्नुपर्ने बताए । उनले भने, ‘प्यासनले मात्र फिल्म वा कन्टेन्ट बनाउने हो भने धेरै कलाकारहरू विदेशिनुपर्ने वा क्षेत्र नै छोड्नुपर्ने अवस्था आउन सक्छ। प्यासनसँगै पैसाको हिसाब–किताब पनि एउटा कारण हुनुपर्छ, तबमात्र उद्योग अगाडि बढ्छ।’ भण्डारीले फिल्ममेकरहरूले फिल्म बनाउँदा वा छायांकन गर्दा नै पत्रकार र कन्टेन्ट क्रियटरहरूलाई सहभागी गराउन सके त्यसले फिल्मको मार्केटिङ र गुणस्तरमा ठूलो सहयोग पुग्ने सुझाव समेत दिए ।

२८ बैशाख २०८३, सोमबार ०९:३८ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा