Play

सिसुवा-देउराली-पोल्याङको बाटो जाँदै हुनुहुन्छ ? आज हामी त सुरक्षित रह्यौं, तपाईं पनि सुरक्षित रहनु ल ..

गुरुकुल खबर


  • दिपक समिप 

आज बैशाख १९ गते शनिबार लमजुङको सोतीपसलबाट पोखरा आउने क्रममा कास्कीको रुपा गाउँपालिकास्थित पोल्याङ हुँदै सालडाँडाको जङ्गलको यात्रा सकिने सकिने बेला साँझको करिब सवा सात बजेतिर हुनुपर्छ, एउटा चितुवा सडकमा मेरै आगाडीबाट फुत्त हामफालेर बाटो क्रस गर्यो।

जङ्गलको बाटो सुनसान परिवेश , साँझको बेला बाइक चलाउँदै गर्दा आफ्नै अगाडी चितुवाले बाटो क्रस गर्दा मुटु ढक्क भयो। मैले झ्याप्प बाइक रोकें। चितुवा बाटो छेउको झाडीमा पस्यो। मलाई लाग्यो, चितुवा त्यहि झाडीमा लुकेर बसेको छ। बाइक अगाडी बढाउन भन्दा रोक्नु उचित लाग्यो र रोकिएँ।

नभन्दै, एकछिनमै चितुवा झाडीबाट निस्केर बाहिर आयो र हामीतिर फर्केर बस्यो । मैले बाइकको हेडलाइट बालिराखेकै थिएँ, दुइटा आँखा टलक्क टल्किए ।मैले बाइक बिस्तारै बिस्तारै ब्याक गर्दै अलि पछाडी लगें ।

चितुवा फेरि झाडीमा पस्यो। अगाडी पछाडी हेर्छु, कुनै साधन आएको देखिदैन । यस्तो बेलामा फुत्त गैहाल्न पनि सकिन । किन कि चितुवा अझै झाडीभित्र छ भन्ने मनले सोचेको थियो। एक मन टाँ टिँ गरेर हर्न बजाउँ कि झैं लाग्यो । तर हर्न बजायो भने झन चितुवा बिच्केर आक्रमण गर्न आउँछ कि भनेर हर्न बजाउन पनि सकिन ।

चितुवा फेरीपनि झाडीबाट निस्केर टल्केको एक जोर आँखाले पुलुक्क हामीतिर हेर्यो र लमक लमक गर्दै सडक सडक केहि अगाडी बढ्यो अनि पुन: झाडीभित्र छिर्यो। म हलचल नगरी बाइकको हेण्डल समातेर बसिरहें, बाइकको पछाडी बसेकी मेरी श्रीमतीले भनिन, ‘अब चैं जाने कि?’

अगाडी जाने कि नजाने दोधारमा हुँदा हुँदै मैले बाइक तुरुन्तै तुफान कुदाएँ । मलाई त्यति नै बेला चितुवा झाडीबाट झ्याप्प उफ्रेर झम्टन आउँछ कि जस्तो लाग्याथ्यो, तर त्यसो भएन । हामी सुरक्षित भयौं।

अलि अगाडी पुगिसकेपछि सडकको दायाँबायाँ घरहरु पनि देखिए । घरहरु नजिकै जङ्गल र जङ्गल नजिकै बस्ति भएको ठाउँ रहेछ । बस्ती नजिकै भए पनि चितुवा साँझपख खुलेआम हिड्दो रहेछ।

हामीले बस्ती नजिकै सामुदायीक वन बाक्लो बनायौं कि ?  या जङ्गल नजिक बस्ती बसायौं ? अथवा चितुवाको बासस्थान, घुमिफिरी गर्ने रनवनलाई चिरेर सडक बनायौं ? यो सोचनिय कुरा हो । तर एउटा कुरा चै के याद गर्नु पर्ने भयो भने अबदेखि साँझको बेला, रातको समयमा जङगलको बाटो हिड्नु हुँदैन रहेछ ।

हुन त यो बाटो धेरै पटक ओहोर दोहोर गरिएको छ। साँझ पर्दा होस या रातीको समयमा पनि हिंडिएको छ। तर यस अघि कहिल्यै यस्तो भएको थिएन । तपाईहरु पनि सिसुवा – देउरालि – पोल्याङको बाटो हिड्नुहुन्छ भने विशेष गरि साँझ र रातीको बेला अलि सावधान भएर हिड्नुहोला है।

लमजुंगको सोतिपसलमा लिएको तस्बिर ..

१९ बैशाख २०८३, शनिबार २२:२५ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा