Play

कास्की जिल्लाभित्र प्रहरीको स्विप अपरेसन, एकैरातमा १ सय २२ जना पक्राउ

गुरुकुल खबर


पोखरा, जिल्ला प्रहरी कार्यालय कास्कीले स्विप अपरेसनको नाममा गएराती ९ बजेबाट बिहान ६ बजेसम्म संचालन गरेको अभियान अन्तर्गत पोखराको बिभिन्न स्थानबाट १ सय २२ जनालाई नियन्त्रणमा लिएको जनाएको छ । प्रहरीको १० घण्टा स्वीप अप्रेसनमा एक सयजना प्रहरी परिचालन गरिएको र १ सय २२ जना पक्राउ गरिएको कास्की जिल्ला प्रहरी कार्यालयका निमित्त सुचना अधिकारी समेत रहेका प्रहरी निरिक्षक गणेश पाण्डेले गुरुकुल खबरलाई जानकारी दिए ।

बिशेषगरि लागू औषधको सेवन तथा बिक्री बितरण गर्ने, समाजमा अशान्ति फैलाउने, टोले गुण्डाको रुपमा समाजमा धम्की दिने र बिभिन्न किसिमको गुण्डागर्दी गर्ने व्यक्तिहरुलाई नियन्त्रण गर्ने उद्देश्यले उक्त अपरेसन संचालन गरिएको कास्की प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहतका बिभिन्न वडा एबम इलाका प्रहरी कार्यालयहरुबाट एकैपटक स्वीप अप्रेशन गर्दा कास्की जिल्लाका बिभिन्न वडा एरियाहरुमा लागू औषध बिक्री बितरण गर्ने, सेवन गर्ने, टोले गुण्डा, मादक पदार्थ सेवन गरी हो-हल्ला गर्दै हिड्ने, तथा रातिको समयमा शंकास्पद रुपमा हिडडुल गर्ने मानिसहरुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारवाही प्रकृया अगाडी बढाइएको प्रहरीको भनाई छ ।

प्रहरीले रातिको समयमा गरेको उक्त अपरेसनबाट पोखरा महानगरपालिकाको वडा न. १, २, ३, ४ र ५ मा पर्ने कसेरी, बाग्लुङ बसपार्क, भैरवटोल, महेन्द्रपुल, लब्लिडाँडा र प्रस्याङबाट ९ जना, पोखराको वडा नं. ६ लेकसाईड, ड्यामसाईड, गैराको चौतारा क्षेत्रबाट ३५ जना, पोखराको वडा नं. ८ बगाले टोल, सभागृह चोक, शिवालय चोकक्षेत्रबाट ६ जना, पोखराको वडा न. ९, र १० मा पर्ने पृथ्वीचोक, रंगशाला, बुद्धचोक र अस्पतालचोक क्षेत्रबाट २० जना, पोखराको वडा नं. ११, १२, १३ मा मा पर्ने तुलसीघाट , शितलादेवी, काँहुडाँडा र काँहुखोला क्षेत्रबाट ८ जना साथै पोखराको वडा नं. १४ र १५ मा पर्ने एयरपोर्ट, फुलवारी, खसिबजार र रामबजार क्षेत्रबाट १५ जनालाई नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ ।

यसैगरी पोखरा- १६ बाटुलेचौर र लामाचौर क्षेत्रबाट २ जना, पोखरा वडा नं. १८ चिसापानी, मेथलाङ क्षेत्रबाट २ जना, पोखरा वडा नं. २७ र २८ मा पर्ने दिपाङताल, रिठेपानी क्षेत्रबाट ६ जना, पोखरा वडा नं. २९, ३० भण्डारढिक, सैनिक बस्ती, पटनेरी, तावामुख एरियाबाट १२ जना, पोखरा वडा नं. ३२ राजाचौतारा, लामेआहाल डम्पिङ साईड क्षेत्रबाट ३ जना, माछापुच्छ्रे गाँउपालिका क्षेत्रबाट ३ जना र अन्नपुर्ण गाउँपालिकाको नाउडाँडाबाट १ जनालाई पक्राउ गरिएको छ ।

१० बैशाख २०८३, बिहीबार १२:०८ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा