पोखरा, गण्डकी प्रदेशमा बाग्लुंग जिल्लाबाट निर्बाचित नेपाली कांग्रेसका प्रदेश सांसद द्रोण कुँवरले प्रदेश सांसद पदबाट राजीनामा दिएका छन।
गण्डकी प्रदेशको मन्त्रीमण्डल बिस्तार हुँदा कुँवरलाई पनि सम्भावित मन्त्रीको सुचीमा राखिएको थियो तर उनि मन्त्रीमण्डलमा नपरेपछि प्रदेश सांसद पदबाट नै राजिनामा दिएको हुन् ।
बागलुङ क्षेत्र नं. २ (२) बाट प्रत्यक्ष निर्वाचित कुँवरले बुधबारगण्डकी प्रदेशका सभामुखका नाममा पत्र लेख्दै प्रदेश सांसदबाट राजीनामा दिएका हुन। उनले यहि बैशाख २ गतेबाट नै लागु हुने गरि राजीनामा दिएको पत्रमा लेखेका छन।
राजीनामा पत्रमा उनले जनअपेक्षाअनुसार काम गर्न नसकेको भन्दै क्षमायाचना समेत गरेका छन्। सार्वजनिक पदमा नरहे पनि जनताप्रतिको सेवा निरन्तर रहने उनले बताएका छन्।
आफ्नो कार्यकालमा सहयोग गर्ने दलका नेता, प्रदेशसभा सदस्य, कर्मचारी र शुभेच्छुकप्रति कांग्रेसका महासमिति सदस्यसमेत रहेका उनले आभार प्रकट गरेका छन्।















