काठमाडौँ, नेपाल पत्रकार महासंघका पुर्व केन्द्रीय सभापति एबम नेपाल प्रेस युनियनका संस्थापक तारानाथ दाहाललाई पितृशोक परेको छ। बरिष्ठ पत्रकार एबम सुचनाको हकका अभियन्ता समेत रहेका फ्रिडम फोरम नेपालका कार्यकारी प्रमुख तारानाथ दाहालका बुवा केदारनाथ दाहालको ९५ बर्षको उमेरमा यहि चैत्र २० गते निधन भएको हो ।
सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका -१० शिखरपुर घर भएका स्व. दाहालले त्यस क्षेत्रको शैक्षिक, सामाजिक र विकास निर्माणको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएका थिए। स्व.दाहालका पांच छोरा र दुई छोरी रहेकोमा कान्छा छोरा तारानाथ दाहाल पत्रकारितासंगै नेपाली काँग्रेसको राजनीतिमा पनि लामो समय देखि सक्रिय छन। उनि नेपाली काँग्रेसको तर्फबाट प्रतिनिधि सभाको सदस्यको उमेदवार समेत बनेका थिए।

स्व, दाहालका अर्का एक छोरा इन्द्रप्रसाद दाहाल तत्कालिन शिखरपुर गाबिसको अध्यक्षमा नेपाली काँग्रेसको तर्फबाट निर्बाचित भएर काम गरेका थिए । उनका अन्य छोराहरुमा इन्द्रमणि दाहाल, दधिप्रसाद दाहाल र नुनप्रसाद दाहाल रहेको छन।
सिन्धुपाल्चोकको शिखरपुरका दाहाल परिवारका सदस्यहरु मध्ये तारानाथ दाहाल सहित दुई जना दाजुभाई भक्तपुरको कौशलटारमा बस्दै आएकोले बुवाको निधनपछि गर्नुपर्ने कर्म पनि कौशलटारको सिद्देश्वर मन्दिर, साधना केन्द्रमा भैरहेको छ। स्व. केदारनाथ दाहाल प्रति श्रद्दान्जली अर्पण गर्न र दाहाल परिवारमा समबेदना प्रकट गर्न सोहि स्थानमा पुग्नेहरुको संख्या उल्लेखनीय रहेको बताइन्छ।

नेपाली काँग्रेस लगायत बिभिन्न राजनीतिक दलका बिभिन्न तहका नेता कार्यकर्ताहरुको साथै पत्रकारिता र संचार क्षेत्रसंग सम्बन्धित संस्थामा संलग्न रहेका बिभिन्न व्यक्तित्वहरु त्यहाँ पुगेर दाहाल परिवारमा समबेदना प्रकट गर्ने र स्व. केदारनाथ दाहाल प्रति श्रद्दान्जली प्रकट गर्ने क्रम जारी रहेको छ।
















