Play

चुनाबको परिणामलाई लिएर गालीगलौचमा उत्रिनुहुन्न, म कांग्रेसमा बृहत्तर एकताका लागि प्रतिबद्द छु- नेता बिश्वकर्मा

गुरुकुल खबर


काठमाडौँ, नेपाली काँग्रेसका नेता एबम पार्टीको १४ औं महाधिबेशनबाट निर्बाचित केन्द्रीय समितिका सदस्य मिन बिश्वकर्माले नेपाली काँग्रेसले निर्बाचनबाट प्राप्त गरेको परिणामलाई लिएर एक अर्कालाई दोषारोपण गर्ने, पार्टीका साथीहरूलाइ गालीगलौच गर्ने र आत्मरतिमा रमाउने हो भने पार्टीभित्र द्वन्द्व र विवाद बढ्दै जाने बताएका छन।  उनले एकअर्कालाई गालिगलौच गर्ने संस्कार र शैली हामी कांग्रेसीको नहुने र अर्का पार्टीका कार्यकर्ता एबम समर्थकले गरेको हुनसक्ने भन्दै त्यसलाई स्वभाविक ठानेको बताएका छन।

१४ औं महाधिबेशनपछि बनेको केन्द्रीय समितिको सूचना, संचार तथा प्रचार बिभागका संयोजक समेत रहेका विश्वकर्माले नियमित र बिशेष महाधिबेशनको नाममा पार्टी भित्र द्वन्द चलेको बेला पार्टी एकताको पक्षमा लागेर सवैलाई रूख चिन्हमा गोलबद्द गर्न भूमिका खेलेको र अव पार्टीको बृहत्तर एकताका लागि पुन लागिरहने प्रतिबद्दता समेत व्यक्त गरेका छन।

सामाजिक संजाल फेसबुक मार्फत उनले भनेका छन, “बिभिन्न संचार माध्यममा मैले ब्यक्त गरेको पार्टी सम्बन्धि तथ्यगत धारणामा फरक र आपत्तिजनक टिप्पणी गरेको पाएको छु।  म हिजो पनि तोकिएको समयमा नियमित महाधिबेशन हुनुपर्छ भन्ने पक्षमा थिए र नियमित महाधिबेशनको वकालत गर्दैगर्दा पनि बिशेष महाधिबेशन पक्षधर् नेताहरुसंग अन्तिम अबस्थासम्म पार्टीमा बिभाजन आउन नदिन निरन्तर प्रयास गरेको थिए।”

आँफुहरुले निरन्तर प्रयास गर्दा पनि बिशेष महाधिबेशन रोक्न नसकिएको र पार्टी सभापति, पदाधिकारी र केन्द्रीय समितिका करिब १ सय ३० जना नेताहरु बिशेष महाधिबेशनमा नगएको स्पष्ट पार्दै  निर्वाचनको मुखमा पार्टी फुट्न नदिन अन्तिम प्रयास गर्ने क्रममा माघ ४ गते राती सामाजिक संजाल (फेसवुक) मा एकताको उपाय प्रस्तुत गरेको समेत स्मरण गराएका छन।   त्यसपछि नेपाली काँग्रेस सोही बाटोमा अगाडी बढेको र निर्वाचनमा सौहार्दपूर्ण वातारणमा सहभागी भई आज पनि पार्टी सोही अवस्थामा रहेको उनको भनाइ छ।

कांग्रेस नेता बिश्वकर्माको भनाई जस्ताको त्यस्तै .. 

आदरणीय साथीहरू जयनेपाल !

केही दिन पहिले संचार माध्यममा मैले व्यक्त गरेका हाम्रो पार्टी सम्वन्धी तथ्यगत धारणामा फरक फरक आपत्तीजनक टिप्पणी गरेको पाए ! यस्मा मेरो कुनै गुनासो छैन किन भने तत्कालिन अवस्थामा पार्टी एकताका लागि यसरी नै बोल्दा कुनै अर्को पक्षले यस्तै गुनासाहरू व्यक्त गर्नुहुन्थ्यो ! म विचलित भईन ! आज पार्टीले जे परिणाम प्राप्त गरेको छ, त्यसमा पनि एक अर्कालाई दोषारोपण गरेर पार्टीका साथीहरूलाइ गालिगलौच गरेर आत्मरतिमा रमाउन थाल्यौ भने हामी झन द्वन्द्व र विवादमा फस्दै जान्छौ ! वरू कसैको अभिव्यक्तिको अन्तर्य के हो वुझ्ने कोशिस गरौं !

१. म हिजो पनि विशेष होईन तोकिएको समयमा नियमित महाधिवेशन गर्ने पक्षमा अहोरात्र लागेको हो !

२. यसरी नियमित महाधिवेशनको वकालत गर्दैगर्दा विशेष महाधिवेशनमा गएका नेताहरूसंग एकछिन पहिले सम्म पनि विभाजित हुन नदिन अन्तिम प्रयास गरेको हुं !

३. तर विशेष महाधिवेशन रोक्न सकिएन, पार्टी सभापति, वहुमत पदाधिकारी केन्द्रीय समितिका करिव १३० जना नेताहरू विशेष महाधिवेशनमा जानु भएन !

४. सानेपा कार्यालयवाट महामन्त्रीहरूलाई कार्वाही गर्ने र विशेष माधिवेशनस्थलवाट मौजुदा कार्यसमिति भंग गर्ने जस्ता कार्यहरू भए !

५. माघ ६ गते प्रतिनीधि सभा सदस्यको मनोनयन पत्र दर्ता गर्नुछ ! २ गते हामी निर्वाचन आयोगमा आ-आफ्नो दावी र जिकिर गर्न पुग्यौ ! आयोगले विशेष महाधिवेशनलाई मान्यता दिएको निर्णय गर्यो !

६. माघ ३ गते शनिवार भएकोले आयोगको निर्णयमा चित्त नवुझाउने विद्यमान कार्यसमितिका पदाधिकारी सदस्यहरू कानूनी उपचारका लागि माघ ४ गते सर्वोच्च अदालत जानुभयो !

७. माघ ५ गते लोह्सार पर्वको विदा भएकोले सुनुवाई ६ गते मात्रै हुने भयो !

८. तसर्थ निर्वाचनको मुखमा पार्टी फुट्न नदिन फेरी अन्तिम प्रयास गर्ने क्रममा २०८२ माघ ४ गते राती मैले सामाजिक संजाल (मेरो फेसवुक) मा हिम्मतका साथ एकताको उपाय प्रस्तुत गरे ! तत्पश्चात पार्टी सोही वाटोमा हिड्यो निर्वाचनमा सौहार्दपूर्ण वातारणमा सहभागी भयौं र आज पनि पार्टी सोही अवस्थामा छ !

९. दुवै पक्षको दावी अदालतमा विचाराधिन रहेको अवस्थामा मैले पार्टीमा हाल दुई सभापति हुनुहुन्छ भन्नु झट्ट सुन्दा कुनै पक्षका कसैलाई अप्रीय लागे पनि अदालतको निर्णय नआए सम्म कानूनी, प्रविधिक र राजनैतिकरूपले त्यही नै सत्य हो !

१०. हामी कुनै पक्षमा नलागी एक पटक सोंच्ने हो भने दुवै पक्षको अस्तित्वलाई स्विकारेको हो ! जसले पार्टी एकताको मार्ग प्रसस्त गर्दछ ! जुन अहिलेको अपरिहर्यता हो !

११. जहांसम्म निर्वाचनको परिणामवारे कस्ले जिम्मेवारी लिने भन्ने वारेको मेरो अभिव्यक्ति फेरी दोहोर्याउछु ! पदिय हैसियत अनुसार सवैले लिनुपर्छ !

१२. रहयो फेसवुकमा गाली गलौच गर्ने कुरा…..त्यो संस्कार र शैली हामी कांग्रेसीको पटकै होईन अर्का पार्टीकाले गरेको होला भनि स्वभाविक ठानेको छु !

१३. एक निर्वाचनमा हार व्यहोर्दैमा ८० वर्षे अनुभव वोकेको कांग्रेस सकिदैन ! प्रक्रियामा सामोल भएपछि परिणाम स्विकार्नु पर्दछ ! हिजो जसरी पार्टी एकताको पक्षमा लागेर सवैलाई रूख चिन्हमा गोलवग्द्ध गर्न भूमिका खेले अव पार्टीको बृहत्तर एकताका लागि पुन लागिरहनेछु !

जयनेपाल ।।

३ चैत्र २०८२, मंगलवार २२:३२ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा