Play

राप्रपाबाट समानुपातिक सांसद बन्नेको नाम टुंगो लाग्यो, खुस्बु ओलीसहित चारजना सिफारिस

गुरुकुल खबर


काठमाडौं, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आफ्ना ४ जना समानुपातिक सांसदहरू छनोट गरेको जनाएको छ पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले नाम छनोट गर्न नसकेपछि उक्त जिम्मेवारी अध्यक्ष राजेन्द्र लिङ्देनलाई सुम्पिएकोमा अध्यक्ष लिंग्देनले पुर्व अध्यक्ष सहित अन्यको परामर्शमा चारजनाको नाम टुंगो लगाएको बुझिएको छ ।

पार्टीको तर्फबाट भरत गिरी (खस आर्य पुरुष) महोत्तरी, ताहिर अली (मुस्लिम पुरुष) रुपन्देही, खुस्बु ओली (खस आर्य महिला) झापा तथा सरस्वती लामा (जनजाति महिला) धादिङलाई समानुपातिक तर्फको सांसदको लागि  सिफारिस गरिएको पार्टीका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए ।

अध्यक्ष लिंग्देनले पूर्वअध्यक्षहरूसँग परामर्श गरेर नाम फाइनल गर्ने निर्णय भए अनुसार पुर्व अध्यक्ष पशुपतिशमशेर राणा, डा. प्रकाश चन्द्रअनुसार लोहनी र कमल थापासँग परामर्श गरेर नाम टुंगो लगाइ निर्वाचन आयोगमा बुझाइएको बताइएको छ ।  आजको वैठकमा पूर्वअध्यक्ष डा. लोहनी अनुपस्थित रहेका थिए।

प्रतिनिधिसभामा सामानुपातिक तर्फबाट सांसद बन्नेहरुको नाम टुंगो लगाएर निर्बाचन आयोगमा सिफारिश गर्ने प्रक्रियालाई पुरा गर्ने दौडमा यतिबेला राजनीतिक दलहरु लागेका छन। नेकपा एमाले र श्रम संस्कृति पार्टीले यस अगाडी नै नाम टुंगो लगाएको भएपनि रास्वपाको आज आइतबार सम्पन्न बैठकले सबैको नाम टुंगो लगाएको जनाएको छ।

यसैगरी नेपाली काँग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले पनि नाम टुंगो लगाएको बताइएको छ ।

१ चैत्र २०८२, आईतवार १५:११ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा