Play

रास्वपाले समानुपातिक तर्फबाट सांसद बन्नेको नाम टुंगो लगायो तर सार्बजनिक गरेन

गुरुकुल खबर


काठमाडौँ, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सचिवालयको बैठकले प्रतिनिधिसभामा समानुपातिक तर्फबाट बन्ने सांसदको नामावली निर्वाचन आयोगलाई बुझाउने निर्णय गरेको छ ।  आइतबार पार्टीको केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले समानुपातिक प्रणाली अन्तर्गत पार्टीले पाएको मतको आधारमा मनोनयन गर्न सकिने ५७ जनाको नामावली आयोगलाई उपलब्ध गराउने निर्णय गरेको हो ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टीका प्रवक्ता मनिष झाले केन्द्रीय सचिवालय बैठकमा दुई वटा एजेण्डा रहेको जानकारी दिए । उनले रास्वपाले समानुपातिक सूचीमा पाएको मतको आधारमा मनोनयन गर्न सकिने ५७ जनाको नामावली तोकिएको समयसीमाभित्रै निर्वाचन आयोगमा बुझाउने निर्णय गरिएको बताए

उनका अनुसार सूचीमा खस आर्यतर्फ १७ जना, जनजाति १६ जना, दलित ८ जना, मुस्लिम ३ जना, मधेसी ९ जना र थारु ४ जना गरी कुल ५७ जना समावेश छन् । उक्त सूचीमा कानुनी प्रावधान अनुसार ४८ जना महिला र ९ जना पुरुष समावेश गरिएको उनले जानकारी दिए ।

प्रवक्ता झाले नामावली निर्वाचन आयोगको कार्यालयमा बुझाएपछि आयोगले रुजु तथा भेरिफिकेसन प्रक्रिया पूरा गर्ने र त्यसपछि मात्र आधिकारिक रूपमा नामहरु सार्वजनिक गर्ने बताए । ‘राजनीतिक तथा कानुनी प्रक्रिया अन्तर्गत आयोगले अनुमोदन नगरेसम्म ती नामहरू हाम्रो तर्फबाट प्रस्तावित सूची मात्र हुने भएकाले आयोगले सार्वजनिक गर्ने निर्णयको प्रतीक्षा गर्नेछौं,’ उनले भने ।

पार्टीको केन्द्रीय सचिबालयको बैठकमा पार्टी सभापति रबि लामिछाने भने स्वास्थ्य अवस्थाका कारण उपस्थित नभएको तर भर्चुअल माध्यमबाट बैठकमा सहभागी भएको बताइएको छ ।

१ चैत्र २०८२, आईतवार १४:०४ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा