पोखरा, कास्की जिल्लाबाट प्रतिनिधिसभा सदस्यको चुनाब जितेर संसद छिर्ने लक्षका साथ् चुनाबमा होमिएका बिभिन्न राजनीतिक दल र स्वतन्त्रगरि ४० जना उमेदवारको जमानत जफत भएको छ सदर भएको मतको १० प्रतिशत मत प्राप्त गर्न नसक्ने उमेदवारको धरौटी रकम अर्थात जमानत जफत हुने निर्बाचन कानुनमा भएको ब्यबस्था बमोजिम १० प्रतिशत मत पाउन नसकेका उनीहरुको जमानत जफत हुने भएको हो।
कास्की जिल्लाको क्षेत्र नम्बर १ मा १७ जना, क्षेत्र नम्बर २ मा १७ जना र क्षेत्र नम्बर ३ मा १५ जना गरि कास्कीका तीनवटा निर्बाचन क्षेत्रमा कुल ४९ जनाको उमेदवारी परेको थियो । निर्वाचनको अन्तिम परिणाम अनुसार तिनवटै निर्बाचन क्षेत्रमा रास्वपा, नेपाली कांग्रेस र नेकपा एमालेका उमेदवारबाहेक अन्य ४० जना उमेदवारले १० प्रतिशतको सीमा कटाउन नसक्दा उनीहरूको जमानत जफत गरिने निर्वाचन कार्यालय पोखराका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिएका छन ।
मतगणनाको अन्तिम परिणाम अनुसार कास्कीको निर्बाचन क्षेत्र नम्बर १ मा रास्वपाका उमेदवार खड्कराज पौडेल (गनेस)ले ३९ हजार ८ सय ८३ मत प्राप्त गर्दै प्रतिनिधिसभा सदस्य बने । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका तिलकबहादुर रानाभाटले ११ हजार २ सय १४ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका वैनबहादुर क्षत्री (अधिकारी) ले १० हजार ४ सय २९ मत ल्याएका थिए । अन्य १४ प्रतिस्पर्धीको जमानत जफत भएको निर्वाचन कार्यालयले जनाएको छ ।
कास्की क्षेत्र नम्बर २ मा पनि रास्वपाका उमेदवार उत्तम पौडेल ३१ हजार ९ सय ११ मतसहित चुनिए । उनका निकटतम प्रतिस्पर्धी एमालेका रश्मि आचार्यले ७ हजार ४ सय ९३ र कांग्रेसका माधवप्रसाद बाँस्तोलाले ६ हजार ५ सय मत पाए । यहाँ प्रतिस्पर्धा गरेका अरु १४ उम्मेदवारको जमानत जफत भएको छ । राप्रपाका हेमजंग गुरुङले १ हजार ६ सय ४३ र नेकपाका हेमबहादुर थापाले १ हजार २ सय ७६ मत मात्र पाएका छन ।
क्षेत्र नम्बर ३ मा पनि रास्वपाबाट उमेदवार बनेकी बिना गुरुङ ३७ हजार ७ सय ५० मतसहित चुनिइन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका मनोज गुरुङले १२ हजार ७ सय ८० मत प्राप्त गरे । एमालेका दामोदर बैरागी ७ हजार ९ सय ६ मतमात्रै सीमित भए । यहाँ १२ जनाको जमानत जफत भयो ।
यसरि हेर्दा कास्कीका तीन वटै क्षेत्रमा नेकपा एमाले र नेपाली कांग्रेसका उम्मेदवारबाहेक अन्यले जमानत जोगाउन सकेनन् । निर्वाचन कार्यालयको तथ्यांक अनुसार कास्कीमा साना दल र स्वतन्त्र उम्मेदवारहरूको प्रभाव निकै कमजोर रह्यो । जमानत जोगाउन नसक्ने धेरैजसो उम्मेदवारले १ प्रतिशत मत पनि कटाउन सकेका छैनन् । राप्रपा र केही साना कम्युनिष्ट घटकले १ हजारभन्दा बढी मत ल्याए पनि १० प्रतिशतको न्यूनतम सीमा (थ्रेसहोल्ड) कटाउन नसक्दा उनीहरूको पनि धरौटी जफत भयो ।
जमानत जफत हुने उमेदवारहरु को को ?
जमानत जफत हुनेमा कास्की क्षेत्र नम्बर १ का १४ जना छन् । रवि मोहन ढकाल (राष्ट्रिय जनमोर्चा) ८२ मत, मनिषा द्वा (उज्यालो नेपाल पार्टी) ६७० मत, कर्णबहादुर गुरुङ (प्रगतिशील लोकतान्त्रिक पार्टी) ७८ मत, राजकाजी गुरुङ (नेपाली कम्युनिस्ट पार्टी) २४७९, श्रीमान थापा (मंगोल नेसनल अर्गनाइजेसन) १०९, कृष्णबहादुर राउत (स्वतन्त्र) ८४, वीरबहादुर तामाङ लामा (श्रम संस्कृति पार्टी) ११४१, कुमार परियार (नेकपा माओवादी) ८१, आशबहादुर दमै (नेपाल मानवतावादी पार्टी) २५, मीनबहादुर दर्जी (नेपाल जनमुक्ति पार्टी) २१, यज्ञबहादुर गुरुङ (नेसनल रिपब्लिक नेपाल) ३५, हर्कबहादुर थापा (आम जनता पार्टी) ७९, बाबुराम थापा (राष्ट्रिय प्रजातन्त्र पार्टी) ९७८ र रामकाजी चर्माकार (जनता समाजवादी पार्टी, नेपाल) २२ मत पाए । उनीहरु कसैले पनि सदर मत ६७ हजार ४ सय १० को १० प्रतिशत नपाउँदा जमानत गुमाएका छन् ।
कास्की क्षेत्र नम्बर २ मा पनि १४ जनाको जमानत जफत भयो । यहाँ ५० हजार ६ सय ७५ मत सदर भयो । हेम बहादुर थापा पराजुली (नेपाली कम्युनिस्ट पार्टी) १२७६ मत, ओलबहादुर गुरुङ (मंगोल नेसनल अर्गनाइजेसन) १२३, वीनिता अवाल (नेपाल मजदुर किसान पार्टी) ३, कुशल गुरुङ (उज्यालो नेपाल पार्टी) १२०१, विष्णुप्रसाद तिवारी (स्वतन्त्र) १४०, हेमजंग गुरुङ (राष्ट्रिय प्रजातन्त्र पार्टी) १६४३, ज्ञान राज गुरुङ (नेसनल रिपब्लिक नेपाल) १९ मत पाए । रामचन्द्र आचार्य (स्वतन्त्र) १९ मत, ख्यामबहादुर गुरुङ (नेपाल जनमुक्ति पार्टी) २६, निरञ्जन कोइराला (स्वतन्त्र) ४५, निर्दोषविक्रम पौडेल (स्वतन्त्र) ६, प्रेमबहादुर थापा (नेकपा माओवादी) ३७, वसन्तराज घिमिरे (स्वतन्त्र) १३३, दीपक भण्डारी (प्रगतिशील लोकतान्त्रिक पार्टी) १०० मत ल्याए पनि जमानत जोगिएन ।
कास्की क्षेत्र नम्बर ३ मा १२ जना उम्मेदवारको जमानत जफत भएको छ । यहाँ ६२ हजार ६ सय ४९ मत सदर भएको थियो । १० प्रतिशत पनि नल्याउनेमा टेकबहादुर सार्की (संयुक्त नागरिक पार्टी) ६३ मत, कुशल थापा क्षेत्री (आम जनता पार्टी) १२, मिना निह्सुतु (नेपाल मजदुर किसान पार्टी) ५, तर्कबहादुर गुरुङ (उज्यालो नेपाल पार्टी) ४६२, ओमप्रकाश विश्वकर्मा (नेपाल मातृभूमि पार्टी) २३, गोपाल गिरी (नेपाली कम्युनिष्ट पार्टी) १४५६, अर्जुनप्रसाद खनाल (राष्ट्रिय प्रजातन्त्र पार्टी) १४०६, जीवनबहादुर गुरुङ (मंगोल नेसनल अर्गनाइजेसन) ७६, मीनबहादुर थापा (नेपाल जनमुक्ति पार्टी) २०, तिरथ गुरुङ (नेसनल रिपब्लिक नेपाल) १३, कमल खड्का विश्वकर्मा (नेपाल कम्युनिष्ट पार्टी माओवादी) ९१, र हितकाजी गुरुङ (श्रम संस्कृति पार्टी) ५८६ मत छन् ।
















