पोखरा, फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्बाचन अन्तर्गत भैरहेको मतगणनाको पछिल्लो परिणाम अनुसार नेपाली काँग्रेसले हालसम्म ११ वटा निर्बाचन क्षेत्रमा विजय प्राप्त गरेको छ । नेपाली काँग्रेसका ८ जना उमेदवारहरु हालसम्म मतगणनामा अगाडी देखिएका छन ।
बिजयी हुनेहरुमा सुर्खेत -१ बाट बिष्णु बहादुर खड्काले २६ हजार ९७ मत, कपिलबस्तु -३ बाट अभिषेक प्रताप शाहले २३ हजार ५३५ मत र जाजरकोटबाट खडक बहादुर बुढाले २० हजार १४२ मत पाएर बिजयी भएका छन । यसैगरी पाल्पा -१ बाट सन्दिप राना १८ हजार ३३६ मतका साथ बिजयी भएका छन।
यसैगरी डोटीबाट भरतबहादुर खड्काले १४ हाजर ८९७ मत, दैलेखबाट बासना थापाले १२ हजार ३७२ मत, तेह्रथुमबाट सन्तोष सुब्बाले ११ हजार ५६१ मत र अछाम-१ बाट भरतकुमार स्वाँरले १० हजार ७५१ मत पाएर प्रतिनिधिसभा सदस्यमा बिजयी भएका छन ।
रसुवाबाट मोहन आचार्यले १० हजार ६५६ मत, मुस्तांगबाट योगेश गौचन थकालीले ३ हजार ३०७ मत र मनांगबाट टेकबहादुर गुरुङले २ हजार ४१५ मत पाएर विजयी भएको बुझिएको छ।
मतगणनामा अग्रता लिईरहेका कांग्रेसका उमेदवारहरुमा रौतहटका फिरदोश आलम, स्यांग्जाका भागवत प्रकाश मल्ल, पाँचथरका नरेन्द्र कुमार केरुंग, ओखलढुंगाका कुमार लुइंटेल, नुवाकोट -१ का डा. प्रकाश शरण महत, बाजुराका जनकराज गिरि, हुम्लाका जयपति रोकाया र सोलुखुम्बुका प्रकाशसिंह कार्की रहेको छन।
नेपाली काँग्रेसका सभापति गगनकुमार थापाको निर्बाचन क्षेत्रको मतगणना अहिले जारी रहेको छ। कांग्रेसका उपसभापति द्वय विश्वप्रकाश शर्मा र पुष्पा भुषाल भने यसपटक उमेदवार बनेका थिएनन। तर पार्टीका महामन्त्री प्रदिप पौडेल र गुरुराज घिमिरे र अन्य अधिकांश अग्रज नेताहरुले यस पटकको निर्बाचनमा नराम्रोसंग पराजित हुनुपरेको छ।















