Play

२०१५ को चुनाबपछि यसपटक खस्यो कम मत : समस्याको सम्बोधनमा इमान्दार प्रयास आबश्यक- प्रम कार्की

गुरुकुल खबर


पोखरा, फागुन २१ गते देशैभर भएको प्रतिनिधि सभा निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भए पनि अपेक्षा गरेभन्दा केही कम मत खसेको छ । २०७९ सालको निर्वाचनपछि तीन वर्षमा भएको निर्वाचनमा प्रारम्भिक चरणमा कुल ६० प्रतिशत मात्रै मत खसेको हो । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले शान्तिपूर्ण रूपमा निर्वाचन भए पनि प्रारम्भिक रूपमा करिब ६० प्रतिशत मत खसेको जानकारी दिएका छन ।

विस्तृत रिपोर्ट आउन बाँकी भएकाले प्रारम्भिक रूपमा कुल एक करोड ८९ लाख तीन हजार ६८९ मतदातामध्ये ६० प्रतिशत मत खसेको उनले जानकारी दिए । आयोगका अनुसार २०१५ सालपछि २०५१, २०६४ र २०७९ सालमा कम मत खसेको थियो ।

निर्वाचन आयोगका पूर्वकार्यवाहक निर्वाचन आयुक्त दोलखबहादुर गुरुङले हिमाली र पहाडी दुर्गम ठाउँमा चिसो र दुर्गमका कारण कम मत खसेको हुन सक्ने बताए ।  नागरिक शिक्षा र मतदाता शिक्षालाई अझै प्रभावकारी रूपमा घरदैलोसम्म पुर्याउन नसकेका कारण कम मत झरेको हुनसक्ने उनको बुझाइ छ ।

तर विश्वव्यापी रूपमा ४० देखि ६० प्रतिशत मत खस्नुलाई स्वाभाविक माने गरिएको छ । केही प्राविधिक र व्यावहारिक कारण एबम हिमाली भेगका मानिस चिसोका कारण तल झर्दा र फर्किने समय नपाएकोले पनि कम मत खसेको हुनसक्ने बुझाइ कतिपयको छ ।

कुन निर्वाचनमा कति मत 

विसं २०१५ को आमनिर्वाचनमा कुल ८५ लाख ५० हजार मतदाता भएकामा ४४.३० प्रतिशत मात्रै मत खसेको आयोगको तथ्याङ्क छ । २०४८ सालको निर्वाचनमा ६५.१५ प्रतिशत मत खसेको थियो भने २०५१ सालको मध्यावधि निर्वाचनमा ६१.८६ प्रतिशत मात्रै मत खसेको हो ।

२०५६ सालको निर्वाचनमा ६५.७९ प्रतिशत मत खसे पनि तत्कालीन माओवादी शान्ति प्रक्रियामा आएपछिको पहिलो संविधान सभा निर्वाचन २०६४ सालमा ६१.७० प्रतिशत मात्रै मतदान भएको थियो ।

दोस्रो संविधान सभा २०७० सालको निर्वाचनमा ७८.३४ प्रतिशत मतदान भएको थियो भने संविधान घोषणापछि पहिलो निर्वाचन २०७४ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा ६८.६७ मत मात्रै खस्यो । २०७९ सालको निर्वाचनमा कुल ६१.४१ प्रतिशत मात्रै मतदान भएको थियो ।

लोकतान्त्रिक र संबिधान सम्मत निकास मिलेकोमा बधाई – प्रम कार्की 

यसैबीच, प्रधानमन्त्री सुशीला कार्कीले उत्साहजनक सहभागिताका साथ ऐतिहासिक रूपमा शान्तिपूर्ण निर्वाचन सम्पन्न गरी मुलुकलाई लोकतान्त्रिक र संविधानसम्मत निकास दिन सफल भएको भन्दै सबै नेपाली जनतालाई बधाई दिएकी छन ।

प्रधानमन्त्री कार्कीले मतदान सकिएलगत्तै सामाजिक सञ्जाल मार्फत भनेकी छन, “निर्वाचन आयोगको कुशल नेतृत्व, सुरक्षाकर्मीहरूको उच्च मनोबल र राष्ट्रप्रतिको बफादारिता, मेरो मन्त्रिपरिषद्का सदस्य तथा राष्ट्रसेवक कर्मचारीहरूको लगनशीलता, राजनीतिक दल र उम्मेदवार हरूको सकारात्मक सहयोग, अन्तरराष्ट्रिय समुदायको साथ र समर्थन, सञ्चारमाध्यमका जिम्मेवार खबरदारीका लागि धन्यवाद ।”

यसैबीच प्रम कार्कीले मुलुकका समस्याको समाधानमा इमानदार प्रयास आवश्यक रहेको भन्दै तिनको सम्बोधन गर्नुपर्नेमा जोड दिएकी छन। देशमा सुशासन कायम गर्न, देशमै बस्ने बाताबरण तयार गर्न, भ्रष्टाचार, विभेद र पक्षपात अन्त्य गर्न, विदेशमा लास बनेर फर्किनुपर्ने अवस्थाको अन्त्य गर्न, गुणस्तरीय शिक्षा उपलब्ध गराउन र संविधानसम्मत मौलिक हकको अक्षरशः पालना गर्न आबश्यक रहेको उनको भनाई छ।

 चुनाब मार्फत लोकतन्त्रप्रतिको प्रतिबद्धता अभिव्यक्त – थापा 

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले निर्वाचनमा मतदाताको सव्रिmय सहभागिताले लोकतान्त्रिक प्रणालीप्रति नेपालीको प्रतिबद्धता बलियो रूपमा अभिव्यक्त भएको बताएका छन ।

प्रतिनिधि सभा सदस्य निर्वाचनको मतदान सम्पन्न भएपछि बिहीबार आभार, सम्मान र बधाई ज्ञापन गर्दै उनले प्रतिनिधि सभा निर्वाचनमा देशव्यापी रूपमा मतदाताले प्रकट गरेको उत्साह र सक्रिय सहभागिताले लोकतन्त्रप्रतिको नेपाली निष्ठा र अटल प्रतिबद्धता पुनः एक पटक बलियो रूपमा अभिव्यक्त भएको उल्लेख गरेका छन ।

शान्तिपूर्ण रुपमा चुनाब सम्पन्न भएकोमा धन्यबाद – ओली 

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एबम पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न भएकामा धन्यवाद ज्ञापन गरेका छन ।  एमाले अध्यक्ष ओलीले आज सामाजिक सञ्जालमार्फत देशभर आम रूपमा शान्तिपूर्ण मतदान सम्पन्न भएकामा धन्यवाद ज्ञापन गरेका हुन ।

“निर्वाचन सम्पन्न गरेकामा सरकार, निर्वाचन आयोग, मतदानमा सहभागी हुनुभएका सम्पूर्ण मतदाता, निर्वाचनमा खटिने कर्मचारी र सुरक्षाकर्मी सबैलाई धन्यवाद । निर्वाचनमा सक्रिय पार्टीका कार्यकर्ता तथा प्रतिनिधिहरूलाई पनि धन्यवाद”, ओलीले भनेका छन ।

 

२२ फाल्गुन २०८२, शुक्रबार ०६:१६ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा