Play

चुनाबमा ६० प्रतिशत मत खस्यो : चुनाब बिथोल्न खोज्ने २४ जना पक्राउ, २५०० सवारी साधन नियन्त्रणमा

गुरुकुल खबर


पोखरा, बिहिबार भएको प्रतिनिधिसभा निर्वाचनमा ६० प्रतिशत मतदान भएको बताइएको छ । देशभरबाट प्राप्त प्रारम्भिक विवरणअनुसार करिब ६० प्रतिशत मतदान भएको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिए । मतदान सकिएपछि बिहीबार पत्रकार सम्मेलन मार्फत कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले उक्त जानकारी दिएका हुन् ।

’विशिष्ट परिस्थितिमा घोषणा भएको निर्वाचन तोकिएको मितिमा, उत्साहजनक रूपमा देशभर सम्पन्न गराउने कार्य आफैमा चुनौतीपूर्ण थियो,’ भण्डारीले भने, ’देशभरबाट प्राप्त विवरणअनुसार करिब ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान छ । यसको विस्तृत विवरण संकलन कार्य जारी रहेको छ ।’बिहिबार बिहान ७ बजेदेखि सुरु भएको मतदान शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको आयोगले जनाएको छ ।

यो निर्वाचनमा १ करोड ८९ लाख ३ हजार ६ सय ८९ मतदाता थिए । १ सय ६५ प्रत्यक्ष र १ सय १० समानुपातिक सिटका लागि बिहीबार मतदान भएको थियो ।

यसैबीच बिहीबार सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका क्रममा आचारसंहिता विपरीत र निर्वाचन विरोधी गतिविधिमा संलग्न २४ जनालाई प्रहरीले देशका विभिन्न स्थानबाट नियन्त्रणमा लिएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार काठमाडौँ उपत्यकासहित सातै प्रदेशबाट निर्वाचन सुरक्षामा खलल पुर्‍याउन खोज्नेहरूलाई पक्राउ गरिएको हो।

यसरी पक्राउ पर्नेहरूमा बागमती प्रदेशबाट सबैभन्दा बढी ७ जना रहेका छन् भने मधेश र सुदूरपश्चिमबाट ४–४ जना, कोशी र गण्डकीबाट ३–३ जना तथा काठमाडौँ उपत्यका, लुम्बिनी र कर्णाली प्रदेशबाट १–१ जना रहेका छन्। निर्वाचनलाई भयरहित बनाउन र सुरक्षा चुनौतीको सामना गर्न प्रहरीले मतदानका दिन कडा निगरानी बढाएको थियो।

सुरक्षा व्यवस्थालाई थप कडा बनाउने क्रममा प्रहरीले अनुमति बिना चलाइएका २ हजार ५ सय ९७ वटा सवारी साधनहरूलाई पनि होल्ड गरेको छ। जसमा २ हजार ३ सय ५१ वटा दुई पाङ्ग्रे र २४६ वटा चार पाङ्ग्रे सवारी साधन रहेका छन्।

लुम्बिनी प्रदेशमा सबैभन्दा धेरै ८ सय ८७ र काठमाडौँ उपत्यकामा ८ सय ३० वटा सवारी साधन नियन्त्रणमा लिइएका छन्। यसैगरी, काठमाडौँ उपत्यकाका दुई स्थानसहित देशभरका १५ ठाउँमा शंकास्पद वस्तुहरू फेला परेका थिए। ती वस्तुहरूलाई सुरक्षित रूपमा डिस्पोज गर्न नेपाल प्रहरीले नेपाली सेनासँग आवश्यक समन्वय गरी निष्क्रिय पारेको छ।

 

२२ फाल्गुन २०८२, शुक्रबार ०५:४८ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा