Play

चुनाबमा खटिएका कर्मचारीलाई मतदानबाट बन्चित गर्ने प्रयास, निर्बाचन आयोग भन्छ- सहजीकरण हुँदैछ

गुरुकुल खबर


काठमाडौँ, आज प्रतिनिधि सभाको निर्वाचन भइरहेको छ । हरेक मतदातालाई मताधिकारको अधिकार छ र सम्बन्धित स्थानमा गएर मतदान गरिरहेका छन् । निर्वाचनमा खटिएका कर्मचारीहरुको हकमा भने उनीहरूले आफू खटिएको सम्बन्धित बुथबाटै समानुपातिकमा मात्र मतदान गर्न पाउने प्रावधान छ ।

मतदानमा खटिएका तथा ड्युटीमा खटिएका निजामति कर्मचारी, प्रहरी, सेनालगायतले अस्थायी मतदान केन्द्रमा आफ्नो परिचय पत्र देखाएर समानुपातिकमा मतदान गर्न पाउँछन् । यद्यपि आफूहरूले मतदान गर्न नपाएको भनेर कर्मचारीहरूले गुनासो गरिरहेका छन् । मतदान अधिकृतले मतदान गर्न दिन रोकेको भनी कर्मचारीहरूले भनेका छन् । कर्मचारीहरुलाई मतदान केन्द्रमा नाम नभएकाले मतदान गर्न पाउँदैन भनेर रोकिरहेको एक प्रहरी अधिकृतले बताए ।

यदि उनीहरूले मतदान गर्न पाएनन् भने तीन लाख भन्दा बढी मत समानुपातिकमा खेर जाने देखिन्छ । यस सम्बन्धमा निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले आयोगले सहजीकरण गरिरहेको बताएका छन् । यद्यपि यो विशेष आयोगसम्म आउनुनपर्ने र मुख्य निर्वाचन अधिकृतले हरेक जिल्लामा मतदानको व्यवस्था मिलाउने अधिकार भएको बताए ।

उनले भने, ‘यो अस्थायी नामावली तयार गर्ने सम्बन्धित जिल्लाले मिलाउने विषय हो । काठमाडौँमा अलिअलि केही गुनासो आएको छ, हाम्रा साथीहरुले सहजीकरण गर्दै हुनुहुन्छ । नामावली अद्यावधिक गर्ने बेलामा केहीको छुटेको हो कि भन्ने कुरा हामीले पनि थाहा पाएका छौँ । साथीहरु सहजीकरणमा जुटिरहनु भएको छ ।’

उनले यो आयोगमा आउन नपर्ने विषय हो जिल्लाबाट मुख्य निर्वाचन अधिकृतहरुलाई प्रमाणित गर्ने अधिकार दिइएको छ । यहाँ केही छुटेको भन्ने भएकाले गर्ने उहाँहरुले हो, आयोगले नीतिगत सहजीकरण गर्ने हो ।’

२१ फाल्गुन २०८२, बिहीबार ०९:३० मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा