Play

प्रतिनिधिसभा निर्बाचनको लागि देशभर बिहान ७ बजेबाट मतदान शुरु, देशभर १ करोड ८९ लाख मतदाता

गुरुकुल खबर


पोखरा, प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज बिहिबार देशभरका मतदान केन्द्रमा मतदान सुरु भएको छ । निर्धारित निर्वाचन कार्यतालिकाअनुसार अहिले बिहान ७ः०० बजे मतदान सुरु भएको निर्बाचन आयोगले जानकारी दिएको छ । मुलुकका ७७ वटै जिल्लामा बिहान ७ः०० देखि अपराह्न ५ः०० बजेसम्म एकैचरणमा मतदान हुँदैछ ।

यस पटकको निर्बाचन अन्तर्गत पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (प्रत्यक्ष)तर्फ ६१ वटा निर्वाचन चिह्नमा ६५ वटा राजनीतिक दलले प्रतिस्पर्धा गर्दैछन् । प्रत्यक्षतर्फ तीन हजार १७ पुरुष, ३८८ महिला र अन्य एक गरी तीन हजार ४०६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

यसैगरी समानुपातिक निर्वाचन प्रणालीतर्फ एक हजार ३६३ पुरुष र एक हजार ७७२ महिला गरी तीन हजार १३५ उम्मेदवार प्रतिस्पर्धामा छन् । प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्र र समानुपातिकतर्फ ११० स्थानका लागि निर्वाचन हुँदैछ ।

तस्बिर – इन्द्र पौडेल

निर्वाचनमा ९६ लाख ६३ हजार ३५८ पुरुष, ९२ लाख ४० हजार १३१ महिला र २०० अन्य गरी एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता छन् । यसैगरी, एक लाख ८६ हजार १४२ अस्थायी मतदाता कायम भएको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचनका लागि देशभर १० हजार ९६७ मतदानस्थलमा २३ हजार ११२ मतदान केन्द्र निर्धारण गरिएको छ । १४३ अस्थायी मतदानस्थल तय भएको छ । ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति तथा अशक्त र गर्भवती लगायतलाई सहज मतदानका लागि प्राथमिकता दिने व्यवस्था गरिएको छ ।

निर्वाचन सुरक्षाका लागि ७९ हजार ७२७ नेपाली सेना, ७५ हजार ७९७ नेपाल प्रहरी, ३४ हजार ५६७ सशस्त्र प्रहरी बल, एक हजार ९२१ राष्ट्रिय अनुसन्धान र एक लाख ४९ हजार ९० निर्वाचन प्रहरी परिचालन भएका छन् ।

यसैबीच कास्कीका तिन निर्बाचन क्षेत्रमा पनि मतदान कार्य संचालन भैरहेको छ निर्बाचनमा उमेदवार बनेकाहरुले पनि आंफ्नो नाम भएको मतदान केन्द्रमा पुगेर मतदान गरेको समाचर प्राप्त भएको छ।

कास्कीको निर्बाचन क्षेत्र न. ३ मा नेपाली काँग्रेसका उमेदवार मनोज गुरुङले अन्नपूर्ण गाउँपालिका -८ बांकोट आधारभूत बिधालयस्थित मतदान केन्द्रबाट मतदान गरेका छन।

मतदान गरेपछि गुरुकुल खबरसंग कुरा गर्दै सबै मतदाताले निर्धक्कका साथ मतदान केन्द्रमा पुगेर आंफुले रोजेको दल वा उमेदवारको चिन्हमा मतदान गर्न आग्रह गरेका छन।

उनले आवेग र उत्तेजनाको आधारमा नभएर बिबेक र संयमको आधारमा राष्ट्र र जनताप्रति जिम्मेवार दल र उमेदवारलाई मत दिन समेत सम्पूर्ण मतदाता समक्ष् आग्रह गरेका छन ।

 

२१ फाल्गुन २०८२, बिहीबार ०८:४३ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा