Play

विस्फोटक पदार्थ पड्कदा बालबालिका घाइते भएकोमा सिजपद्वारा सरोकारवालाको ध्यानाकर्षण

गुरुकुल खबर


काठमाडौँ,  धनुषाको जिल्लाको मिथिला नगरपालिका वडा ९ र महोत्तरीको बर्दिबासमा शंकास्पद वस्तु पड्किदा दुई बालबालिका सहित चार जना घाइते भएको भन्दै बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप)ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । संस्थाले यस प्रकृतिका घटनाबाट घाइते सबैको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै निःशुल्क र प्रभावकारी उपचारको प्रबन्ध मिलाउनको लागि सबद्ध सबै पक्षलाई आग्रह गरेको छ ।

धनुषा जिल्लाको मिथिला नगरपालिका वडा ९ बडहरीस्थित पूर्व–पश्चिम लोकमार्गको बडहरी पुलमाथि शंकास्पद वस्तु पड्किदा मिथिला नगरपालिका–८ जमुनिवास बस्ने टेकबहादुर भुजेलकी १५ वर्षीया छोरी आशा भुजेलको दायाँ–बायाँ खुट्टामा चोट लागेको र स्थायी घर गुल्मी भई हाल मामा रिठबहादुर मगरको घरमा बस्दै आएका ८ वर्षीय सुशील माझीको हात, खुट्टा र छातीमा चोट लागेको छ र दुवै जनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

यसैगरी बर्दिबास नगरपालिका–१ स्थित रातो पुलमा शंकास्पद वस्तु पड्किदा कैलाली घोडाघोडी–१० का २५ वर्षीय सन्देश चौधरी र २२ वर्षीय समीर चौधरी घाइते भएका छन् । सुर्खेतको छिन्चुमा, रौतहट जिल्लाको चन्द्रपुर–५, राजपैडास्थित आधुनिक प्रा.वि. स्कुलबाट करिब २ सय मिटर दक्षिणमा, कास्कीको पोखरा महानगरपालिका–६ लेकसाइड नजिकको लालुपाते मार्गमा, कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ वाणीस्थित पूर्वपश्चिम राजमार्गमा, मोरङ जिल्ला प्रशासन कार्यालय अगाडि शंकास्पद वस्तु भेटिएको छ । काठमाडौँको नैकाप र सुकेधारामा गाडीहरूमा आगो लगाइएको घटना सार्वजनिक भएको  बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप)ले जनाएको छ ।

‘प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ को मौनअवधिमा भएको यस्तो घटनाले आम सर्वसाधरणको साथै बालबालिकामाथि सुरक्षा जोखिम बढेको छ । प्रतिनिधि सभा सदस्य निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्नुगराउनु पर्नेमा यस्तो घटनामा अझ बालबालिका पर्नु दुःखद छ । निर्वाचनमा अधिकांश  मतदान स्थलहरू विद्यालयमा बनाइएकोले यस्तो घटनामा विद्यालय र बालबालिका जोखिममा पर्न सक्छन् र बालबालिकामा झनै गम्भीर समस्याहरू पर्नसक्ने भएकोले सम्बद्ध सबै पक्षको ध्यानाकर्षण गराउँदछौँ ।’ बिज्ञप्तीमा भनिएको छ

बालबालिकाको भयरहित वातावरणमा बाँच्न पाउने अधिकार, संरक्षित हुने अधिकारप्रति प्रतिबद्ध हुन सम्पूर्णमा अपिल  गर्दै बालबालिकाको सुरक्षित तथा संरक्षित जीवन सुनिश्चितताको लागि नेपाल सरकार सम्बद्ध संवैधानिक, कानूनी, नीतिगत, संरचनागत तथा कार्यक्रमिक रूपमा प्रतिबद्ध रहेको जनाइएको छ । यसका साथै बालबालिका सम्बन्धी ऐन, २०७५ ले बालबालिकाको सुरक्षा तथा संरक्षणका लागि उचित उपाय अवलम्बन गर्न स्थानीय तहलाई प्रोत्साहन गरेको कारण  यस्ता घटनाहरू दोहोरिन नदिनको निम्ति सचेतना अपनाउन आफ्ना बालबालिकालाई आफ्नो संरक्षणमै राख्न घरमै छलफल गरी उनीहरूसँगै समय बिताउन अभिभावकहरूलाई समेत संस्थाले अनुरोध गरेको छ ।

बालबालिकालाई भयरहित वातावरणमा खेल्न, हिड्न र विद्यालय शान्ति क्षेत्र हुन् भन्ने मान्यतालाई आत्मसात् गर्दै विभिन्न सरकारी निकाय, राजनीतिक दल, क्रियाशील राष्ट्रिय, अन्तर्राष्ट्रिय र स्थानीय नागरिक सङ्घ संस्था, निजी क्षेत्र सम्बद्ध सबैमा बालबालिकाको संरक्षणलाई प्राथमिकतामा राख्न सबै दल र उमेदवार्सहित सरोकारवालालाई आग्रह गरेको उल्लेख छ ।

१९ फाल्गुन २०८२, मंगलवार २२:५४ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा