Play

निर्बाचनमा खटिएका कर्मचारी र सुरक्षाकर्मी बोकेका सवारी दुर्घटना, तिनको मृत्यु, ९ जना घाइते

गुरुकुल खबर


पोखरा, यहि फागुन २१ गते हुने निर्बाचनको लागि खटिएका कर्मचारी र सुरक्षाकर्मी बोकेको सवारी साधन दूर्घटना हुँदा मुस्तांगमा एक जना कर्मचारीको मृत्यु भएको छ भने रामेछापमा भएको अर्को दुर्घटनामा दुई जना सुरक्षाकर्मीको मृत्यु हुनुको साथै ८ जना सुरक्षाकर्मी र कर्मचारी घाइते भएका छन ।

गण्डकी प्रदेशको मुस्ताङको थासाङ गाउँपालिका–२ खन्तीमा ग ७ प १४८६ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा निर्बाचनमा खटिएका मुस्ताङ भन्सार कार्यालयका कर्मचारी ३२ वर्षीय सुनिल घतानेको मृत्यु भएको हो । यसैगरी रामेछापको रामेछाप नगरपालिका–२ स्थित सिरुवारीमा ना.७ ख ६७६८ नम्बरको निशान गाडी सडकबाट १ सय मिटर तल खस्दा प्रहरीका असई पर्शुराम यादव र नेपाल प्रहरीका सहायक निरीक्षक पर्शुराम यादव र ५७ वर्षीय डोर प्रसाद घिमिरेको मृत्यु भएको छ ।

सोमबार रामेछापमा नगरपालिका–२ स्थित सिरुवारीमा ना.७ ख ६७६८ नम्बरको निशान गाडी सडकबाट १ सय मिटर तल खस्दा ९ जना घाइते भएका थिए । दुर्घटनामा घाइते भएका ७ जनालाई सेनाको हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट सो गाडी मतपत्र बोकेर मतदान स्थल सितलदेवी मावि सिरुवारी र रामेछाप नगरपालिका–३ स्थित वडा कार्यालय भवन जाँदै थियो ।

मुस्तांगमा आइतबार राति ८ बजे दुर्घटनामा परेर गम्भीर भएका घतानेको उपचारका लागि प्रदेश अस्पताल मुस्ताङ ल्याउँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रमुख प्रहरी नायव उपरीक्षक छिरिङकिप्पा लामाले जानकारी दिइन् । घतानेको शवलाई मुस्ताङ अस्पतालमै राखिएको उउनले जानकारी दिए ।

मृतक घताने प्रतिनिधिसभा निर्वाचनमा बारागुङ मुक्तिक्षेत्र गाउँपालिका वडा नम्बर २ को झोङमा निर्वाचनका लागि खटिएका थिए । जनप्रिय आधारभूत विद्यालय झोङ मतदान केन्द्रमा खटिएका कर्मचारीको मृत्यु भएपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले उनको सट्टामा अर्को कर्मचारी खटाएको जनाएको छ ।

रामेछापमा दुर्घटनामा परेका घाइते भएका ७ जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत घाइतेहरूलाई काठमाडौँ लगिएको जिल्ला प्रहरी कार्यालय रामेछापका एक जना अधिकृतले जानकारी दिएका छन । मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट मतपत्र बोकेर मतदान स्थल सितलदेवी मावि सिरुवारी र रामेछाप नगरपालिका–३ स्थित वडा कार्यालय भवन जाँदै गरेको गाडी सडकमा मोड नपुगेर दुर्घटना हुँदा चालक सहितका ९ जना घाइते भएका बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय रामेछापका इन्स्पेक्टर कमल राउत नेतृत्वको टोलीले घाइतेहरूको उद्धार गरेर सदरमुकाम मन्थलीमा पठाएको छ ।  सोमबार रामेछाप नगरपालिका वडा नम्बर २ देउरालीमा निर्वाचन कर्मचारीको टोली चढेको गाडी दुर्घटना भएको जानकारी आएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक (डीएसपी) भोल भट्टले जानकारी दिए ।

मन्थलीबाट रामेछाप नगरपालिका वडा नम्बर २ र ३ को मतदानस्थलका लागि निर्वाचन सामग्री र कर्मचारी लिएर गएकाे गाडी देउराली सिरुवारीको भिरमा खसेको डीएसपी भट्टले जानकारी दिए ।  उनका अनुसार निर्वाचनका लागि देउराली मतदान केन्द्रका मतदान अधिकृतसहित प्रहरीको टोली लिएर गाडी रामेछापतर्फ जाँदै गर्दा दुर्घटना भएको हो।

१८ फाल्गुन २०८२, सोमबार २१:१४ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा