Play

जनताको साथ् र सहयोगमा दिगो र सन्तुलित बिकास सम्भव हुनेमा कास्की -२ का उमेदवार आचार्यको जोड

गुरुकुल खबर


पोखरा, कास्की निर्बाचन क्षेत्र २ बाट नेपाल कम्युनिस्ट पार्टी (एमाले) का  प्रतिनिधि सभा उम्मेदवार रश्मि आचार्यले ‘सबको साथ, सबको विकास’ र ‘सँगसँगै विकास, जीवनसँग जोडिएको विकास’को अवधारणाले अहिलेको समयको व्यवस्थित विकासको अगुवाई गर्ने  बताएका छन्। उनले समावेशी, व्यवहारिक र जनजीवनसँग प्रत्यक्ष जोडिएको विकासमार्फत मात्रै देशले सही निकास पाउने धारणा राखे ।

‘दिगो विकास र सन्तुलित विकास’, जनताको साथ र सहभागीमा मात्रै सम्भव हुने उल्लेख गर्दै उम्मेदवार आचार्यले दिगो विकासका लक्ष्य प्राप्त गर्न स्थानीय स्रोत साधनको उच्चतम परिचालनका निम्ति आफुले सो अवधारणा अघि सारेको उल्लेख गरे । आम श्रमजिवीहरूको हितमा सो अवधारणा उपयोगी हुने उनको तर्क छ ।

आसन्न प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै आयोजित मतदाता भेटघाट कार्यक्रममा पोखरा–१७ का मतदातासँग साक्षात्कार गर्दै उनले यस्तो बताएका हुन् । उनले आफू निर्वाचित भईसकेपछि देशमा व्याप्त बेथिति र भ्रष्टाचार अन्त्य गर्दै सुशासन कायम गर्ने आफ्नो पहिलो प्राथमिकता रहने स्पष्ट पारे । सरकारी कार्यालयमा हुने ढिलासुस्ती अन्त्य गरी नागरिकलाई सहज, छिटो र पारदर्शी सेवा उपलब्ध गराउन आवाज उठाउने उनको प्रतिबद्धता छ ।

वडा, प्रदेश र केन्द्र तहबीच प्रभावकारी समन्वय गरी विकास योजनालाई अघि बढाउने, केन्द्रबाट आउने बजेटलाई क्षेत्रको आवश्यकता अनुसार परिचालन गर्न सक्रिय भूमिका खेल्ने र समग्र विकास अभियानलाई परिणाममुखी बनाउने आचार्यको भनाई छ ।

कार्यक्रममा एमालेका अग्रज नेता  सोमनाथ  अधिकारी प्यासी, एमाले केन्द्रिय सदस्य  प्रभा कोइराला, गण्डकी प्रदेश सभा सदस्य भीम कार्की, पूर्व प्रदेश कमिटी सदस्य केशव प्रसाद आचार्य, क्षेत्र नं. २ का सचिव झपट रानाभाट, राधिका शाही, जिल्ला कमिटी सदस्य  सुवास ढुंगाना, युवा नेता शिवराज आचार्य, अग्रज नेता झपिन्द्र रेग्मी, सो वडाका अध्यक्ष विक्रम गुरुङ लगायत स्थानीय नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।

१६ फाल्गुन २०८२, शनिबार १७:५८ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा