Play

गोरखामा डा बाबुराम भट्टराईको पार्टी प्रलोपाले कांग्रेसका उमेदवारलाई सघाउने

गुरुकुल खबर


काठमाडौँ, गोरखाका दुवै निर्वाचन क्षेत्रमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको पार्टी प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले नेपाली कांग्रेसका उम्मेदवारलाई सहयोग गर्ने निर्णय गरेको छ ।

प्रलोपाले यहि फागुन २१ गते हुने निर्वाचनमा प्रलोपाले प्रत्यक्षतर्फ नेपाली कांग्रेसको चुनाव चिन्ह ‘रुख’ लाई समर्थन गर्ने निर्णय गरेको हो । समानुपातिकतर्फ भने आफ्नै चुनाव चिन्ह ‘आँखा’मा मतदान गर्ने निर्णय गरेको प्रलोपाका जिल्ला अध्यक्ष नारायण खत्रीले जानकारी दिएका छन।

दुई पार्टीबीच मिलेर जाने समझदारी अनुसार प्रलोपाले प्रत्यक्षतर्फ कांग्रेसलाई सहयोग गर्ने निर्णयमा पुगेको अध्यक्ष खत्रीले जानकारी दिए । प्रलोपाको हालै सम्पन्न बैठकले गोरखाका दुबै क्षेत्रमा कांग्रेसलाई सहयोग निर्णय गरेसँगै नेपाली कांग्रेसले पनि उक्त निर्णयको स्वागत गर्दै आभार प्रकट गरेको छ ।

यसअघि विस २०७४ को चुनावमा डा भट्टराईले कांग्रेससँग चुनावी तालमेल गरी गोरखा क्षेत्र नं २ बाट निर्वाचित भएका थिए । प्रलोपाले गोरखाको दुईवटै क्षेत्रमा आफ्नो उम्मेदवारी दिएकोमा दुवै उमेदवारी फिर्ता गरेको छ ।

१६ फाल्गुन २०८२, शनिबार १६:५८ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा