Play

निर्बाचन आउन ६ दिन बाँकी: आजबाट मदिराको बेचबिखन र सेवनमा प्रतिबन्ध, फागुन २० यातायातका साधनमा रोक

गुरुकुल खबर



काठमाडौं, निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्मका लागि मदिरा बिक्रीवितरण तथा सेवनमा प्रतिबन्ध लगाएको छ । निर्वाचन आउन ६ दिन बाँकी रहँदा आयोगले सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै आजैदेखि लागू हुने गरी यस्तो निर्णय गरेको हो । आयोगले गृह मन्त्रालयलाई पत्र पठाउँदै आचारसंहिताको पूर्ण पालना गराउन निर्देशन दिएको छ । निषेधित कार्य भए/गरेको पाइएमा प्रचलित कानुनबमोजिम तत्काल कारबाही गर्न ७७ वटै जिल्लाका प्रशासन र सुरक्षा निकायलाई परिपत्र गरिएको छ ।

आयोगले मतदान हुने दिन अर्थात् फागुन २१ गते सवारी आवागमनमा कडाइ गर्ने निर्णय गरेको छ । फागुन २० गते राति १२ बजेदेखि फागुन २१ गते साँझ मतदान सम्पन्न नभएसम्मका लागि सार्वजनिक तथा निजी सवारी साधन सञ्चालनमा रोक लगाइनेछ । यद्यपि, एम्बुलेन्स, दमकल, शववाहन, रक्तसञ्चार सेवा, विद्युत्, खानेपानी, ढल तथा दूरसञ्चार मर्मतका सवारी साधन भने निर्वाध चल्न पाउनेछन्। कूटनीतिक नियोगका सवारी र आयोगबाट पास प्राप्त गरेका सवारी साधनलाई पनि अवरोध हुनेछैन ।

मतदानको दिन आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई उडान यथावत् रहनेछन् । हवाई टिकट भएका यात्रुलाई विमानस्थलसम्म जान र आउनका लागि निजी वा सम्बन्धित एयरलाइन्सको सवारी साधन प्रयोग गर्न दिइने आयोगले स्पष्ट पारेको छ । सवारी पासका लागि आयोगको सचिवालय परिसरमा विशेष एकाइ खडा गरिनेछ । जहाँ आयोग र जिल्ला प्रशासन कार्यालय काठमाडौंका कर्मचारी खटिनेछन् ।

आयोगले मतदाता परिचयपत्र नभएका तर मतदाता नामावलीमा नाम भएका नागरिकलाई मतदानबाट वञ्चित नगर्ने जनाएको छ । मतदाताले आफ्नो परिचय खुल्ने नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी (पासपोर्ट), जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा), सवारी चालक अनुमतिपत्र (लाइसेन्स) जस्ता परिचयपत्रको आधारमा पनि मतदान गर्न सक्ने ब्यबस्था मिलाइएको आयोगले जनाएको छ। मतदानमा खटिने सुरक्षाकर्मी र कर्मचारीलाई सोहीबमोजिम सहजीकरण गर्न आयोगले निर्देशन दिएको छ

१५ फाल्गुन २०८२, शुक्रबार ०७:२२ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा