Play

कास्कीका कांग्रेस उम्मेदवारलाई जिताउन प्रवासमा रहेका कास्कीबासीहरुको सक्रियता

गुरुकुल खबर


पोखरा, आसन्न प्रतिनिधिसभा निर्बाचनमा नेपाली काँग्रेसका उमेदवारहरुलाई विजयो गराउनको लागि आबश्यक पहल गर्नको लागि कास्की कांग्रेसको क्षेत्रीय निर्वाचन परिचालन समिति अन्तर्गत गठित अन्तर्राष्ट्रिय समन्वय समितिले बिभिन्न पहल गरेको छ। यसक्रममा प्रवासमा रहेका नेपाली काँग्रेसका समर्थकहरुले जूममार्फत बैठक र अन्तरक्रिया गर्नुको साथै आर्थिक सहयोग गर्ने प्रतिबद्दता समेत व्यक्त गरेका छन ।

यही फाल्गुन २१ गते सम्पन्न हुन गइरहेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनलाई मध्यनजर गर्दै, नेपाली कांग्रेस कास्कीको तर्फबाट चुनावी मैदानमा उत्रिएका कास्की क्षेत्र नम्बर १ का उम्मेदवार तिलक रानाभाट, क्षेत्र नम्बर २ का उम्मेदवार माधवप्रसाद बास्तोला (मधु), क्षेत्र नम्बर ३ का उम्मेदवार मनोज गुरुङ एबम समानुपातिक तर्फका उम्मेदवार आइबहादुर गुरुङलाई विजयी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

अन्तरक्रिया कार्यक्रममा प्रवासबाट उम्मेदवारहरूलाई कसरी सहयोग, समर्थन र समन्वय गर्न सकिन्छ भन्ने विषयमा छलफल गरिएको  कास्की आदर्श समाज अन्तराष्ट्रिय समन्वय परिषदका अध्यक्ष समेत रहेका शिब बानियाले गुरुकुल खबरलाई जानकारी दिए । कार्यक्रमको आयोजना क्षेत्रीय निर्वाचन परिचालन समिति अन्तर्गत गठित (कास्की) अन्तर्राष्ट्रिय समन्वय समितिले गरेको हो।

कास्की आदर्श समाज अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष तथा तरुण विभाग अमेरिका प्रमुख शिव बानियाको संयोजकत्वमा क्षेत्र नम्बर १, २ र ३ का छुट्टाछुट्टै अन्तरक्रिया कार्यक्रम सम्पन्न भएका थिए। कार्यक्रमको पहिलो दिन क्षेत्र नम्बर ३ का उम्मेदवार मनोज गुरुङ, दोश्रो दिन कास्की १ का उमेदवार तिलक रानाभाट र तेश्रो दिन कास्की क्षेत्र न. २ का कांग्रेस उमेदवार माधबप्रसाद बाँस्तोला मधुले आंफ्नो उमेदवारी र कांग्रेसको अबस्थाको बारेमा चर्चा गरेका थिए

क्षेत्रिय स्तरमा छुट्टाछुट्टै रुपमा आयोजना गरिएको कार्यक्रममा क्षेत्र न. १ र २ का उमेदवार क्रमश तिलक रानाभाट र माधब बास्तोला मधु को बारेमा नेपाली काँग्रेसका नेता गंगाधर पराजुलीले परिचय गराउंदै क्षेत्रको चुनाबी अबस्था र कांग्रेसले जित्न सक्ने आधारको बारेमा चर्चा गरेका थिए भने क्षेत्र न. ३ का उमेदवार मनोज गुरुङको बारेमा कांग्रेस नेता राजबहादुर गुरुङले जानकारी गराएका थिए

तीनवटा कार्यक्रम मध्ये क्षेत्र न. १ को कार्यक्रमको अध्यक्षता कतारमा रहेका बिमल सुबेदी, क्षेत्र न. २ को कार्यक्रमको अध्यक्षता डेनमार्कमा रहेकी सिता बाँस्तोला र क्षेत्र न. ३ को कार्यक्रमको अध्यक्षता अमेरिकामा रहेका विश्वराज बाँस्तोलाले गरेका थिए । तिनवटै कार्यक्रमको संचालन अग्निधर देवकोटाले गरेका थिए सबै कार्यक्रमको संयोजन अमेरिकामा रहेका शिब बानियाँले गरेका थिए ।

प्रवासबाट सम्भवतः पहिलो पटक यति व्यापक रूपमा आयोजना गरिएको उक्त कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय तथा जिल्ला तहका नेताहरू, जनसम्पर्क समितिका पूर्व-वर्तमान पदाधिकारी, महासमिति सदस्य, जननिर्वाचित प्रतिनिधि तथा अमेरिका, युरोप, जापान, मध्यपूर्व र एसियाका विभिन्न देशमा रहेका कास्कीबासि नेपाली काँग्रेसका नेता कार्यकर्ताको  सहभागिता रहेको थियो।

कार्यक्रममा वक्ताहरूले लोकतन्त्रको रक्षा, संविधानको कार्यान्वयन तथा कास्कीको समग्र विकासका लागि नेपाली कांग्रेसका उम्मेदवारलाई विजयी गराउनु अपरिहार्य रहेकोमा जोड दिएका थिए।

११ फाल्गुन २०८२, सोमबार ०९:०१ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा