Play

भूमिहिनको समस्या एमालेले पहिचान गरिसकेको छ, अब पूर्णरुपमा समाधान गर्छ- एमाले उम्मेदवार आचार्य

गुरुकुल खबर


पोखरा, नेकपा एमाले कास्की क्षेत्र नम्बर २ का प्रतिनिधि सभा उम्मेदवार रश्मि आचार्यले भूमिहिन र सुकुम्बासीको समस्या समाधानलाई आफ्नो मुख्य प्राथमिकता भएको बनाएका छन् । उनले आफू निर्वाचित भएपछि भूमिहिन नागरिकको जमिन र आवासमाथिको नैसर्गिक अधिकार सुनिश्चित गर्न संसदमा सशक्त रूपमा आवाज उठाउने प्रतिबद्धता जनाएका हुन् ।

पोखरा – १५ मा आयोजित कार्यक्रममा बोल्दै आचार्यले भने, ‘भूमिहिनको समस्या एमालेले पहिचान गरिसकेको छ, अब यसलाई पूर्ण रूपमा समाधान गर्ने जिम्मा पनि हामी लिन्छौैं।’ उनले कास्की जिल्लामा करिब ९ हजार भूमिहिन तथा सुकुम्बासी नागरिक भूमि र आवासको अधिकारबाट वञ्चित रहेको उल्लेख गर्दै यसको दिगो समाधानका लागि कानुनी र नीतिगत पहल गर्नेे बताए ।

‘भूमि र आवास प्रत्येक नागरिकको नैसर्गिक अधिकार हो । कसैलाई पनि यसबाट वञ्चित गर्न पाइँदैन। यो विषयलाई संसदमा प्राथमिकताका साथ उठाउनेछु,’आचार्यले भने। उनले सुशासन स्थापना र भ्रष्टाचार नियन्त्रण पनि आफ्नो पहिलो प्राथमिकता हुने स्पष्ट परे । आवश्यक परे नियम–कानुन संशोधनका लागि पहल गर्ने उनले बताए ।

आचार्यले विकासलाई समान र सन्तुलित रूपमा अगाडि बढाइने उल्लेख गर्दै जीवनसँग प्रत्यक्ष जोडिएको बजेट विनियोजन गरिने बताए । विशेषगरी पिछडिएका क्षेत्रका लागि तारजाली बाटो, आधारभूत पूर्वाधार र जनजीवनमा प्रत्यक्ष प्रभाव पार्ने योजनामा प्राथमिकता दिइने उनको भनाई थियो । उनले स्थानीय तहसँग सहकार्य प्रदेश सरकारबीच समन्वय गरेर समग्र कास्कीको विकास अगाडि बढाइने उल्लेख गरे । साथै प्रत्येक ६–६ महिनामा वडास्तरमा पुगेर नागरिकका समस्या सुन्ने र समाधानका लागि पहल गर्ने उनले प्रतिबद्धता जनाए । उनले भने—‘जनताले दिएको मतको सम्मान गर्दै विश्वासमा धोका दिने छैनु, जनताको शिर निहुरिन दिने छैन’।

६ फाल्गुन २०८२, बुधबार २२:१० मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा