Play

गण्डकी प्रदेशमा निजि विधालयका संचालकहरु रहेको नेसनल प्याव्सनको नयाँ समिति, अध्यक्षमा सिकन्दर

गुरुकुल खबर


पोखरा, गीता राणा केन्द्रीय अध्यक्ष रहेको नेसनल प्याव्सनको गण्डकी प्रदेश समितिको अध्यक्षमा सिकन्दर गुरुङ चयन भएका छन् । बुधवार पोखरामा सम्पन्न दोस्रो प्रदेश अधिवेशनले यस अघि गण्डकी प्रदेश सचिव रहेका तनहुँका सिकन्दर गुरुङ अध्यक्ष रहेको ९ सदस्यीय कार्यसमिति चयन गरेको हो । निजि बिधालयका संचालकहरुले स्थापना गरेको प्याब्सनबाट अलग हुँदै निजि विधालयका संचालकहरुले  एनप्याब्सन र नेसनल प्याब्सन बनेको अबस्थामा नेसनल प्याब्सनको गण्डकी प्रदेश समितिको दोश्रो अधिबेशन पोखरामा भएको हो ।

केन्द्रीय उपाध्यक्ष तथा गण्डकी प्रदेश समन्वय उपसमिति संयोजक तिलक चौहानको अध्यक्षतामा सम्पन्न अधिवेशनले उपाध्यक्षमा कास्कीका चेतनारायण भण्डारी,सचिवमा तनहुँका बालचन्द्र घिमिरे,कोषाध्यक्षमा नवलपूरका शिव गुरुङलाई चयन गरेको छ । यसैगरी सदस्यहरुमा तनहुँका तारा भट्टराई, बागलुङ्गका गणेश मल्ल,कास्कीका प्रेम भण्डारी र भोजराज अधिकारी रहेका छन् भने नवलपूरबाट १ सदस्य पछि थप गरिने वताइएको छ ।

नेसनल प्याव्सनका केन्द्रीय उपाध्यक्ष सुर्यबहादुर अधिकारीले उद्घाटन गरेको कार्यक्रममा नेसनल प्याब्सन कास्कीका अध्यक्ष रोशन कोइरालाले कार्यक्रममा स्वागत गरेका थिए । नयाँ कार्यसमितिका पदाधिकारीहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण गराउदै संयोजक तिलक चौहानले नेतृत्वदायी भूमिका निभाउँदै सङ्गठनलाई चुस्त दुरुस्त बनाउनु पर्ने सुझाव दिएका थिए ।

बधाई ज्ञापन समारोहमा केन्द्रीय बरिष्ठ उपाध्यक्ष तथा केन्द्रीय परीक्षा उपसमिति संयोजक ज्ञानेन्द्र मोहन भट्टराई, केन्द्रीय सचिव सन्तबहादुर तामाङ्ग, केन्द्रीय व्यवस्थापन उपसमिति संयोजक कमल रानाभाट, केन्द्रीय सहकोषाध्यक्ष शिवदत्त तिवारी लगायतले बधाई तथा शुभकामना दिंदै सफल कार्यकालको कामना गरे । कार्यक्रमको सञ्चालन केन्द्रीय सचिव सन्तबहादुर तामाङ्गले गरेका थिए । नवनिर्वाचित अध्यक्ष सिकन्दर गुरुङले आफ्ना भावी योजना प्रस्तुत गरेका थिए ।

६ फाल्गुन २०८२, बुधबार २१:५४ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा