पोखरा । तमु ह्युल छोज धिं गुरुङ राष्ट्रिय परिषदले विभन्न माग सहित गण्डकी प्रदेशका मुख्य मन्त्री कृष्णचन्द्र नेपाली पोख्रेललाई ध्यानाकर्षण पत्र बुझाएको छ ।
नेपालमा रहेका आदिवासी जनजातिहरुले वर्षौदेखि मनाउदै आएका चार्ड पर्वमा दिईने सार्वजनिक विदाको सरकारले गरेको कटौती पुनः लागु गराउनु पर्ने माग सहित ध्यानाकर्षण पत्र बुझाईएको हो ।
उधौली–उभौली, तमु ल्होसार, सोनम ल्होसार र माघी ÷माघे सक्रान्ति गरी ५ दिनको सार्वजनिक विदा कटौती भएकोमा घोर भर्षना गरिएको गर्दै पुनर्स्थापित गर्नु पर्ने पत्रमा उल्लेख छ । “सरकारले यस वर्षदेखि सार्वजनिक विदाको सवालमा लिएको निर्णयले अत्यन्तै दुखि साथै आक्रोसित बनाएको छ । एकल, जाति, भाषा, सँस्कार, संकृति र धर्मको मात्रै हो भन्ने व्यवहार प्रस्तुत गरेर समृद्धि किमार्थ सम्भव छैन ।” ध्यानाकर्षण पत्रमा उल्लेख छ । मागको सम्वोधन नभए जस्तोसुकै कदम चाल्न वाध्य हुने
गुरुङले चेतावनी समेत दिए ।
ध्यानाकर्षण पत्र बुझ्दै गण्डकी प्रदेशका मुख्य मन्त्री कृष्णचन्द्र पोखरेलले विगतमा जस्तै अहिले पनि प्रदेशमा विदा दिइने बताए । राष्ट्रव्यापी रुपमा विदाका लागि प्रधानमन्त्री शेरवहादुर समक्ष पत्र पुर्याउने मन्त्री पोखरेलले प्रतिबद्दता समेत जनाए ।
कार्यक्रममा परिषदका महासचिव मनोज गुरुङ, परिषदका गण्डकी प्रदेशका अध्यक्ष पदमराज गुरुङ, उपाध्यक्ष दिल माया गुरुङ, परिषदका कास्की सचिव आश बहादुर गुरुङले मुख्य मन्त्री पोखरेललाई संयुक्त रुपमा ध्याकर्षण पत्र बुझाएका थिए ।