Play

महाशिबरात्रीको दिन शिवालयमा पुगेर भक्तजनसंग भेटघाट र आशिर्वाद लिंदै एमाले उम्मेदवार आचार्य

गुरुकुल खबर


पोखरा, कास्कीको निर्वाचन क्षेत्र नं. २ मा नेकपा एमालेवाट प्रतिनिधि सभा सदस्यकाउम्मेदवार रश्मी आचार्यले धार्मिक पर्वहरुले सामाजिक एकता, संस्कृतिको संरक्षण र राष्ट्रिय पहिचान मजवुद वनाउने बताएका छन ।

शिवरात्रीपर्वको अवसरमा आंफ्नो निर्वाचन क्षेत्र अन्तर्गतका विभिन्न शिवालयमा पुजा अर्चना गर्दै मन्दिरमा दर्शनका लागि लामवद्ध भक्तजन हरुसंंग भेटघाट सहित आशिर्वाद लिदै उनले धर्म, संस्कृति र प्रकृति प्रतिजिम्मेवार भएर लाग्ने प्रतिवद्धता समेत ब्यक्त गरे ।

आचार्यले पोखरा – १७ रातोपैह्रा स्थित ओमकारेश्वर महादेव मन्दिर, पर्यटकीय क्षेत्र छोरेपाटनमा अवस्थित गुप्तेश्वर महादेव गुफा, पशुपति मन्दिर, ओमशान्ति रानीपौवा, लगायतका विभिन्न शिवालयहरुमा पुगेर भक्तजनसंग भेटघाट गरेको आचार्यको सचिबालयले जनाएको छ ।

मुलुकमा बढ्दो वेथितीको अन्त्य गर्दै समृद्धि नेपाल, सुखी नेपालीको आकांक्षा पुरा गर्न आंफ्नो उम्मेदवारी भएको उल्लेख गर्दै आचार्यले जनभावना अनुसारको विकास निर्माणमा जोड दिने बताए । पोखरा महानगरपालिका वडा नं. १७ सितापाईला स्थित ऐतिहासिक सदा शिव सिद्धेश्वर हरिहर मन्दिरमा दर्शन सहित पुजा आराधना गर्दै उनले  धार्मिक क्षेत्रको विकास र प्रचार प्रसारमा स्थानीय एबम प्रदेश र संघिय सरकारको ध्यान जानुपर्नेमा जोड दिए ।

मन्दिर व्यवस्थापन समितिकाअध्यक्ष नगेन्द्र शर्मा भण्डारीले १८६४ साल भन्दा अगाडी निर्माण गरिएको मन्दिरको स्वामित्वमा पोखरा – १७ विरौटामा २९ रोपनी १२ आना गुठी जग्गा रहेको बताउँदै मन्दिर क्षेत्रको बिकासमा बिभिन्न क्षेत्रसंग समन्वय र सहकार्य हुँदै आएको जानकारी दिए । उक्त अवसरमा उम्मेदवार आचार्यले सिताघाट बाटो निर्माण तथा घाट व्यवस्थापन समितिले गरेको निर्माणका वारेमा पनि जानकारी लिएका थिए ।

४ फाल्गुन २०८२, सोमबार ०७:१३ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा