Play

पोखराको सन्तानेश्वर महादेव मन्दिरमा महाशिबरात्री मेला, डेढ करोड बढीको लागतमा मन्दिरको पुननिर्माण गरिने

गुरुकुल खबर


पोखरा, पोखरा महानगरपालिका वडा नम्बर ५ मा प्रस्याङमा रहेको सन्तानेश्वर महादेव मन्दिरको पुनर्निमाण गरिने भएको छ मन्दिरको  पुननिर्माण कार्यका लागि १ करोड ६५ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको बताइएको छ। उक्त मन्दिर १ सय २५ बर्ष पुरानो रहेको भएपनि मन्दिरको भौतिक बिकास एबम यसको धार्मिक एबम एतिहासिक महत्वको बारेमा स्थानियस्तरबाट खासै पहल नभएकोमा पछिल्लो समयमा मन्दिरको बिकास एबम धार्मिक महत्व उजागर गर्ने प्रयास समेत हुन थालेको छ।

महाशिवरात्री पर्वको अवसरमा आइतबार आयोजित बिशेष कार्यक्रममा मन्दिर पुनर्निर्माण कार्यको शिलान्यास पोखरा महानगरपालिका–५ का वडा अध्यक्ष विष्णुप्रसाद बराल गरेका छन । त्यस अबसरमा बोल्दै वडाध्यक्ष बरालले प्रस्याङ पार्कलाई ब्यबस्थित गर्न गुरु योजना तयार गरिएको जानकारी गराउंदै पार्कमा रहेको सन्तानेश्वर महादेव मन्दिरलाई प्रमुख धार्मिक स्थल बनाउन वडा र महानगरबाट सक्दो सहयोग गरिने बताए ।

शिलान्यास समारोहमा पार्क व्यवस्थापन समितिका अध्यक्ष शिव प्रसाद पराजुलीको परिवारबाट ५ लाख रुपैयाँ आर्थिक सहयोग गरिएको छ । स्थानीय समुदायको सक्रिय सहभागिता तथा सहयोगबाट मन्दिर पुननिर्माण कार्यलाई समयमै सम्पन्न गर्ने लक्ष्य समितिले राखेको मन्दिरमा आयोजित महाशिवरात्रि महोत्सवका प्रचार संयोजक लक्ष्मण बरालले गुरुकुल खबरलाई जानकारी दिए ।

यसैबीच, उक्त पार्कमा रहहेको सन्तानेश्वर महादेव मन्दिरमा यस बर्ष महाशिवरात्रि महोत्सव समेत सञ्चालन भएको छ । प्रस्यांग बगैंचा पार्क व्यवस्थापन समितिको आयोजना र शिवालय भजन समूहको समन्वयमा सम्पन्न महोत्सब अन्तर्गत सामूहिक ब्रतबन्ध, आरती, भजन किर्तन लगाएतका कार्यक्रमहरु गरेको महोत्सब कार्यक्रमका संयोजक सन्तोष पराजुलीले जानकारी दिए ।

ऐतिहासिक तथा धार्मिक महत्व बोकेको सन्तानेश्वसर मन्दिरमा बर्सेनि शिवरात्रीका अवसरमा स्वतस्फूर्तरुपमा कार्यक्रम हुने भएपनि यसपटक व्यवस्थित ढंगले विशेष कार्यक्रम गरेर मनाएको उनले बताए । पार्कमा रहेको १०८ शिवलिंगमा दूध, जल र बेलपत्र अर्पण गर्न, सामूहिक ब्रतबन्ध गर्न मात्र नभएर त्यहाँ आयोजित निःशुल्क रक्त परीक्षण, विभिन्न झाँकी सहितको सांस्कृतिक कार्यक्रममा स्थानीय सहित अन्य सर्बसाधारणहरुको उपस्थिति रहेको थियो ।

४ फाल्गुन २०८२, सोमबार ०६:५६ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा