Play

लेखनाथस्थित गुरुकुल विद्याश्रमको बार्षिकोत्सवमा बिबिध सांस्कृतिक, शैक्षिक एबम सम्मान कार्यक्रम सम्पन्न

गुरुकुल खबर


लेखनाथ, पोखरा महानगरपालिका अन्तर्गत लेखनाथको पावरहाउसस्थित गुरुकुल विद्याश्रमको १९ औँ वार्षिकोत्सव विविध सांस्कृतिक, शैक्षिक तथा सम्मान कार्यक्रमहरूका साथ सम्पन्न भएको छ । पोखराका अगराज कलाकार एबम लोक दोहोरी सम्राट प्रजापति पराजुलीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विद्यार्थीहरूले गीत, नृत्य, चेतनामूलक नाटक, सांस्कृतिक झाँकी तथा आकर्षक फेसन शो प्रस्तुत गरी कार्यक्रमलाई मनोरञ्जनात्मक मात्र नभई सन्देशमूलक पनि बनाएका थिए।

विद्यालयमा सञ्चालित होटल म्यानेजमेन्ट संकायका विद्यार्थीहरूले फुड स्टल सञ्चालन गरी विभिन्न स्वादिष्ट परिकारहरू प्रस्तुत गर्दै आफ्नो व्यावहारिक सीपको प्रदर्शन गरेका थिए। यसैगरी तीनजना कलाकारहरुलाई विशेष सम्मान र पाँच वर्षभन्दा अगाडीबाट बिधालयमा सेवारत पाँचजना शिक्षकहरूलाई कदरपत्र सहित सम्मान गरिएको थियो। कार्यक्रममा वोल्दै प्रमुख अतिथि संस्कृतिकर्मी प्रजापति पराजुलीले विद्यार्थीहरुले विद्यालयस्तरवाटै कला र संस्कृतिको बारेमा चासो राख्नुपर्ने बताए ।

कार्यक्रमको औपचारिक सुरुवात गर्दै बिधाश्रमका एकेडेमिक डिन नेलिशा केसीले विद्यालयले विद्यार्थीहरूको उज्ज्वल भविष्य निर्माणका लागि गुणस्तरीय शिक्षा, अनुशासन र सिर्जनशील वातावरण प्रदान गर्न निरन्तर प्रयासरत रहेको जानकारी गराईन। कार्यक्रमको सहजीकरण गर्दै क्याम्पस प्रमुख बाबुराम जि.सी.ले गुरुकुलको १९औँ वार्षिकोत्सव कार्यक्रम प्रेरणा, उत्साह र सामूहिक एकताको सन्देश दिँदै सफलतापूर्वक सम्पन्न भएको बताए।

गुरुकुल विद्याश्रम एवम् गुरुकुल कलेज अफ म्यानेज्मेन्ट, होटल म्यानेजमेन्टका प्राचार्य मिलन केसीको सभापतित्वमा सम्पन्न कार्यक्रममा बिधालयका सहप्राचार्य नारायण बराल, राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान गण्डकी प्रदेशको पूर्व अध्यक्ष राजन कार्की र बर्तमान अध्यक्ष माया गुरुङ, पोखरा महानगरपालिकाका इन्जिनियर सुरेन्द्र पौडेल, शिक्षिकाहरु राधा लामिछाने, सोनम खत्री लगायतले आआफ्नो भनाई राखेका थिए। कार्यक्रममा छिमेकी विद्यालयका प्रधानाध्यापकहरू, आमा समूहका प्रतिनिधिहरु, सामाजिक व्यक्तित्वहरू तथा शिक्षाप्रेमीहरूको सहभागिता रहेको थियो।

  • एलिसा केसीबाट

१ फाल्गुन २०८२, शुक्रबार १९:०६ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा